२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणी नदीको बाढी: एक हजार १५० मिटर तटबन्धमा क्षति

अ अ+ अ-

चितवन । नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदी किनारमा बनाइएको एक हजार १५० मिटर तटबन्धमा क्षति पुगेको छ । भरतपुर महानगरपालिका क्षेत्रमा नारायणी नदी पुलबाट पश्चिमतर्फ गोला घाटसम्मको ३५ किलोमिटरमध्ये २० किलोमिटरमा तटबन्ध गरिएको छ । यसमध्ये एक किलोमिटर १५० मिटर तटबन्धमा बाढीले असर पुर्‍याएको हो ।

सिँचाइ तथा जलस्रोत आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार चितवनतर्फको सिद्धि गणेश वन क्षेत्रमा ६०० मिटर, मझुवा वन क्षेत्रमा ३०० मिटर, हिरापुर क्षेत्रमा १०० मिटर, गौरेस्वर, गाँजीपुर, कटेरो क्षेत्रमा ५० मिटरका दरले बाढीले तटबन्धमा असर पुर्‍याएको हो । बाढीका कारण तटबन्धमा क्षतिसँगै डुबान भएको छ ।

नारायणी पुलदेखि पश्चिम क्षेत्र चितवनतर्फ धेरै तटबन्ध भएकाले अहिलेको वर्षाले ठूलो क्षति हुन नपाएको उनले बताए । तटबन्ध गर्न बाँकी रहेका केही ठाउँबाट बाढी बस्तीमा पसे पनि क्षति हुन नपाएको उनले बताए । बाढीले नवपरासीतर्फको तटबन्धको काम नभएको क्षेत्रमा ठूलो क्षति भएको उनले बताए । नवलपरासीतर्फ अमलटारी क्षेत्रमा तीन किलोमिटर, नन्दपुर, सीतापुर, सेरी क्षेत्रमा दुई किलोमिटर क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।

यस्तै पर्सौनी, तमासपुर, बगुवानसम्म विभिन्न स्थानमा गरी १५ किलोमिटर, खोटेसिमलदेखि ब्रह्मस्थानसम्म ५०० मिटर, पिठौजी, नौनेघाट, घोसा घाट क्षेत्रमा ७०० मिटर र सुस्ता क्षेत्रमा एक किलोमिटर ५०० मिटर क्षेत्रफलमा बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । ती क्षेत्रमा तटबन्धको काम कम भएकाले क्षति धेरै भएको हो । तटबन्ध गरिएका ठाउँहरूमा सामान्य क्षति मात्र रहेको छ ।

उनका अनुसार नवलपरासी क्षेत्रमा नौ किलोमिटर क्षेत्रमा मात्र तटबन्ध गरिएको छ । नवलपरासी क्षेत्रमा नारायणी पुलबाट तल ९८ किलोमिटर क्षेत्र पर्दछ । तटबन्धका काम नभएका क्षेत्रमा बाढीले कटान गरेको उनको भनाइ छ । तटबन्धका कारण चितवनतर्फ क्षति कम भएको र नवलपरासीतर्फ काम हुन नसक्दा बढी क्षति भएको हो ।

0 Comments