२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापतिको व्यवस्था गर्नुपर्छ’ : सभापति अमरसिंह पुन

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले क्रियाशील सदस्यहरूले नै पार्टी सभापति प्रत्यक्ष रूपमा छान्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको आन्तरिक निर्वाचन प्रणाली परिवर्तन गरी क्रियाशील सदस्यबाट प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने व्यवस्था गर्नुपर्ने बताएका हुन्।

नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवारसमेत रहेका उनले पार्टीको वर्तमान विधानले आन्तरिक प्रतिस्पर्धालाई अस्वस्थ बनाएको दाबी गरे । वडा तहदेखि केन्द्रसम्म प्रत्यक्ष निर्वाचित सभापति चयन गर्ने प्रणाली आवश्यक रहेको उनको भनाई छ ।

क्रियाशील सदस्यबाट प्रत्यक्ष सभापति निर्वाचित गर्ने र निर्वाचित सभापतिले समावेशी तथा क्षमताका आधारमा कार्यसमिति निर्माण गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । उनले १५ औँ महाधिवेशनपछि महासमिति बैठक बोलाएर विधान संशोधन गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘काँग्रेसको वडा तहदेखि केन्द्र तहसम्म हामी प्रतिस्पर्धा गर्छौँ । हाम्रो विधानको व्यवस्थाले नै हाम्रो पार्टीका साथीहरूसँग एकता गर्न दिँदैन, एकले अर्कासँग मिल्न दिँदैन । त्यसकारण प्रतिस्पर्धा यो गलत छ । हामी ६ हजार ७४३ वडा र विश्व जगतमा रहने जनसम्पर्क समितिका नेपाली काँग्रेसका क्रियाशील सदस्यबाट हामी निर्वाचित प्रत्यक्ष निर्वाचित सभापति बनाउने, सभापतिले आफ्ना कार्यसमितिमा क्यापेबल, समावेशी अथवा भूगोल मिलाएर कार्यसमिति बनाएर देशको नेतृत्व गर्नुपर्छ, पार्टीको नेतृत्व गर्नुपर्छ । यसलाई कार्यान्वयन गर्नलाई पनि मेरो महामन्त्रीको उम्मेदवार हो ।’

काँग्रेसले विगतमा गरेका राजनीतिक परिवर्तन र योगदानलाई वर्तमान पुस्तासँग जोडेर लैजान नसक्दा हाल पार्टीभित्र राजनीतिक उतारचढाव आएको उनको भनाई छ । वीपी कोईरालादेखि सुशील कोइराला र शेरबहादुर देउवासम्म काँग्रेसले मुलुकका महत्वपूर्ण राजनीतिक परिवर्तनको नेतृत्व गरे पनि त्यसको इतिहास नयाँ पुस्तालाई प्रभावकारी रूपमा बुझाउन नसकिएको उनले बताए । पार्टीको नेतृत्वमा पुरानो पुस्तालाई विस्थापित गर्ने नभई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘अहिले परिस्थिति यस्तो छ, राजनीति रूपमा काँग्रेसले यो इतिहासमा काँग्रेसले धेरै कुरा गरेको छ, वीपी कोईरालादेखि सुशील कोइराला अथवा शेरबहादुर देउवासम्म आउँदै गर्दा हामीले महत्त्वपूर्ण परिवर्तनको नेतृत्व गरेको कुरालाई युवापुस्तामा राम्रोसँग बुझाउन सकेनौ । इतिहास हामीले राम्रोसँग बुझाउन सकेनौँ । वर्तमानसँग त्यो इतिहासलाई जोड्न नसकेको कारणले गर्दा काँग्रेस भित्र केही राजनीति रूपमा उतारचढाव भएकै हो । हामीले युवाहरूदेखि सबैलाई जोड्ने, पुराना पुस्तालाई मात्रै पुराना पुस्तालाई बाइपास होइन कि पुराना पुस्तालाई पनि युवाहरूसँग जोड्ने गरी युवा अहिलेका विचारसँग जोड्ने गरी हामी सबै कुरा मिलाएर लैजानुपर्छ ।’

पार्टीभित्रको समावेशी प्रतिनिधित्वलाई थप बलियो बनाउने उद्देश्यले महामन्त्री पदमा उम्मेदवारी दिएको उनले बताए ।

काँग्रेसमा विभिन्न जातजाति र समुदायको प्रतिनिधित्व भए पनि मगर समुदायबाट पार्टीको उच्च नेतृत्वमा पर्याप्त प्रतिनिधित्व हुन नसकेको उनको भनाई छ ।

0 Comments