२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुँदै

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि बिहीबार दिउँसो १ बजेदेखि मतदान प्रक्रिया सुरु हुँदैछ ।

राजधानी काठमाडौँमा गत आईतवारदेखि जारी महाधिवेशनमा देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्न लागेका हुन् ।

केन्द्रीय निर्वाचन समितिले सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधवार साँझ नै सार्वजनिक गरिसकेको छ ।

दिउँसो १ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेकाले अनावश्यक भिडभाड र असुविधाबाट बच्न बिहानैदेखि लाइनमा नबस्न निर्वाचन समितिले प्रतिनिधिहरूलाई अनुरोध गरेको छ । मतदान प्रक्रियालाई व्यवस्थित, छिटो र सहज बनाउन निर्वाचन समितिले प्रदेश तथा प्रतिनिधित्व समूहका आधारमा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ ।

सार्वजनिक गरिएको संशोधित निर्वाचन कार्यतालिका अनुसार बागमती प्रदेशका प्रतिनिधिहरूका लागि राष्ट्रिय सभा गृहस्थित मतदान केन्द्र ‘क’ तोकिएको छ। यसैगरी, खुलामञ्चमा मतदान केन्द्र ‘ख’ स्थापना गरिएको छ । खुलामञ्चभित्र विभिन्न प्रदेश तथा समूहका आधारमा छुट्टाछुट्टै हलहरूको प्रबन्ध मिलाइएको छ । जसअनुसार कोशी प्रदेश र तराई-मधेस समूहका प्रतिनिधिहरूले खुलामञ्चमै तोकिएको केन्द्रबाट मतदान गर्नेछन् भने गण्डकी प्रदेशका प्रतिनिधिहरूका लागि ‘हिमाल हल’ र मधेस प्रदेशका प्रतिनिधिहरूका लागि ‘तराई-मधेस हल’ निर्धारण गरिएको छ । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति (प्रवास) तथा विभिन्न भ्रातृ संस्थाका प्रतिनिधिहरूले खुलामञ्चस्थित ‘पहाड हल’ बाट आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन समितिले जनाएको छ । मतदान स्थलहरूमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै मतपत्र र अन्य निर्वाचन सामग्रीहरूको आवश्यक प्रबन्ध मिलाइसकिएको छ ।

0 Comments