२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘काँग्रेसको मत गणना निष्पक्ष र पारदर्शी हुन्छ’ : निर्वाचन समिति संयोजक खड्का

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका निर्वाचन समिति संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पार्टीको आगामी निर्वाचनको मत परिणाम पूर्णतः निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मत गणना कार्य बन्द कोठामा नभई मिडिया र प्रतिनिधिहरूको रोहबरमा सार्वजनिक रूपमा गरिने स्पष्ट पारेका हुन ।

निर्वाचन समितिका संयोजक खड्काले मत गणनालाई चुस्त र छिटो बनाउन पार्टी कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार मतगणनाका लागि १२ देखि १३ वटासम्म काउन्टर स्थापना गरिनेछ, जसले गर्दा परिणाम सार्वजनिक गर्न लामो समय लाग्ने छैन ।

यसअघि ७५३ वटै स्थानीय तहमा कानुन व्यवसायीहरूलाई परिचालन गरेर निर्वाचन सम्पन्न गराएको स्मरण गर्दै उनले सोही अनुभवका आधारमा अहिलेको निर्वाचन पनि व्यवस्थित हुने बताए ।

उनले भने, ‘मतगणनाको परिणाम निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुनुपर्छ भन्नेमा हामी पूर्ण रूपमा सचेत छौँ । त्यसैले मतगणना बन्द कोठाभित्र होइन, सञ्चारकर्मी तथा सम्बन्धित सबैको उपस्थितिमा पारदर्शी रूपमा गरिनेछ । एउटा मत एउटा चिन्हमा परेको हो भने अर्को चिन्हमा गनिएको भन्ने कुनै शंका नहोस् भन्ने गरी प्रत्येक मत सावधानीपूर्वक गणना गरिनेछ । मतगणनाका लागि पर्याप्त जनशक्ति र स्थानको व्यवस्था गरिएको छ । आवश्यकताअनुसार १० देखि १३ वटासम्म काउन्टर सञ्चालन गरेर मतगणना अघि बढाउन सकिनेछ । त्यसैले मतगणना धेरै लामो समय नलाग्ने अपेक्षा छ । यद्यपि वास्तविक समय मतपत्रको संख्या र गणनाको प्रक्रियामा निर्भर हुनेछ । मतदान प्रक्रियालाई पनि सकेसम्म छिटो र व्यवस्थित बनाइएको छ । सभापति, उपसभापति, महामन्त्रीलगायत विभिन्न पदका लागि छुट्टाछुट्टै काउन्टरको व्यवस्था गरिएको छ । एक जना मतदाता एउटा काउन्टरमा मतदान गरिसकेपछि अर्को काउन्टरमा गएर मतदान गर्न सक्ने भएकाले एउटै समयमा धेरै मतदाताले मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसले मतदान प्रक्रियालाई छिटो सम्पन्न गर्न सहयोग पुग्नेछ ।’

मतदान प्रक्रियालाई सहज बनाउन समितिले नयाँ व्यवस्था गरेको छ । एक पटकमा धेरै मतदाताले मतदान गर्न सक्ने गरी काउन्टरहरूको व्यवस्था मिलाइएको छ । खड्काका अनुसार एक मिनेटको अन्तरालमा करिब ५० जना मतदाताले मत खसाल्न सक्ने गरी प्रविधिको विकास गरिएको छ । यसले लामो लाइन लाग्ने समस्याको अन्त्य गर्ने र मतदाताको समय बचत हुने दाबी समितिको छ ।

0 Comments