२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग

अ अ+ अ-

काठमाडौँ । धनुषामा बढ्दो लागुऔषधको दुर्व्यसन, सामाजिक सञ्जालको दुरुपयोग र त्यसबाट उत्पन्न अपराध नियन्त्रण गर्न ‘जनसरोकार अभियान’ले सरकारसँग कडा कदम चाल्न माग गरेको छ । 

अभियानले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै शान्ति सुरक्षा सुदृढ बनाउन र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो । पछिल्लो समय धनुषामा लागुऔषधको अवैध कारोबार र प्रयोगकर्ताहरूको संख्यामा भइरहेको वृद्धिले सामाजिक सुरक्षालाई चुनौती थपेको छ । लागु औषधका कारण चोरी र आपराधिक घटनाहरू बढ्नुका साथै सामाजिक सञ्जालमा अभद्र टिप्पणी, चरित्रहत्या र धार्मिक तथा जातीय सद्भाव खलबल्याउने कार्यहरू भइरहेको अभियानको ठहर छ । 

अभियानले जनकपुरधाम उपमहानगरपालिका–५ मा अमिन सफीमाथि भएको घटनाको सन्दर्भ उठाउँदै यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ । उक्त घटनाका मुख्य दोषी र सहयोगीहरूलाई समेत कानूनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा अभियानले जोड दिएको छ ।

अभियानका संयोजक जितेन्द्र महासेठले सामाजिक सञ्जालमा गलत सूचना फैलाउने, अतिरञ्जित टिप्पणी गर्ने र युवाहरूलाई आपराधिक क्रियाकलापमा आकर्षित गर्ने गिरोहलाई नियन्त्रण गर्न राज्य चुकेको आरोप लगाए ।

महासेठले भने, ‘सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन र सीमापारिबाट आउने लागुऔषधको अवैध ओसारपसार रोक्न सुरक्षा निकायको परिचालन प्रभावकारी हुनुपर्छ ।’

ज्ञापन पत्रमा सीमा क्षेत्रबाट भित्रिने प्रतिबन्धित लागुऔषधको आपूर्ति शृङ्खला तोड्न सुरक्षा संयन्त्रलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्ने माग गरिएको छ । धार्मिक तथा जातीय सद्भाव कायम राख्न र सामाजिक सञ्जाललाई कानूनको दायरामा ल्याउन राज्यले तत्काल ठोस नीति र कार्ययोजना अघि सार्नुपर्ने अभियानको जोड छ ।

0 Comments