२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्य’ : राष्ट्रपति पौडेल

अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ताको युगमा शिक्षा प्रणालीलाई अझ बढी व्यावहारिक र मानवीय मूल्यमा आधारित बनाउनुपर्ने बताएका छन् । 

शनिवार पशुपति मित्र माध्यमिक विद्यालयको हिरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीलाई परीक्षा केन्द्रित नभई राष्ट्रप्रति जिम्मेवार र समस्या समाधान गर्न सक्ने सक्षम नागरिकका रूपमा तयार गर्नुपर्ने बताएका हुन् । 

राष्ट्रपति पौडेलले विश्वव्यापी रूपमा भइरहेको तिब्र परिवर्तनलाई आत्मसात् गर्दै शिक्षा क्षेत्रमा समयसापेक्ष सुधारको खाँचो रहेको बताए। शिक्षालाई केवल सैद्धान्तिक ज्ञान आर्जन वा राम्रो अंक ल्याउने माध्यमका रूपमा मात्र नबुझ्न उनले आग्रह गरे । उनले विद्यालय स्तरदेखि नै विद्यार्थीमा राष्ट्रियताको भावना र सामाजिक मूल्य मान्यताको विकास गराउन सरोकारवालाहरूले ध्यान दिनुपर्ने उल्लेख गरे । 

उनले भने, ‘विश्व तिब्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ । विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्न आवश्यक छ । तर प्रविधिसँगै मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलता पनि उत्तिकै सुदृढ हुनुपर्छ । त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्नुपर्छ । शिक्षाको उद्देश्य परीक्षामा राम्रो अंकल्याउनु मात्र होइन, समस्या समाधान गर्न सक्ने, सिर्जनशील र जिम्मेवार नागरिक निर्माण गर्नु पनि हो । यसका लागि सरकार, नीति निर्माता, विद्यालय र समुदायबीच सहकार्य आवश्यक छ । विगतका अनुभव र उपलब्धिलाई आधार बनाउँदै हामीले भविष्यको शिक्षालाई गुणस्तरीय, व्यावहारिक र जीवनोपयोगी बनाउनुपर्छ ।’

विगतका उपलब्धिहरूलाई जग बसाल्दै आगामी दिनमा नीति निर्माता, शिक्षक र अभिभावकले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ । 

0 Comments