काठमाडौँ । कोशी प्रदेशसभाको चालु तथा बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।
शनिबार राति १२ बजेदेखि कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



