२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बूढीगण्डकी बाढी क्षेत्रमा उद्धार र राहत तीव्र पारिएको छ’- बालेन

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र क्षतिग्रस्त पूर्वाधार पुन:स्थापनाका काम भइरहेको बताएका छन् ।

आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी आएको थियो। बाढीका कारण तल्लो तटीय क्षेत्रमा ठूलो भौतिक क्षति पुग्नुका साथै ५ जना बेपत्ता भएका छन्। बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिइएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्रीका अनुसार बाढीले तटीय क्षेत्रका झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, विद्युत्का पोल, निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घरहरू बगाएको छ।

बाढीका कारण प्रभावित बनेका गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी जलविद्युत् आयोजनाका १२ जना कर्मचारीसहित ४८ जनाको सफल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

सरकारले प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन, अलपत्र परेकाहरूको उद्धार गर्न तथा भत्किएका भौतिक पूर्वाधारहरू पुनस् सञ्चालन गर्न आवश्यक सबै कदम चालिसकिएको र स्थानीय प्रशासन तथा सुरक्षा निकाय पूर्ण रूपमा उद्धार कार्यमा खटिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । 

४३७ सुरक्षाकर्मी र चार हेलिकोप्टर परिचालन
प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनाका ३ वटा स्पेसल फोर्ससहित १२७, नेपाल प्रहरीका १३३ र सशस्त्र प्रहरी बलका १७७ गरी जम्मा ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएका छन्। साथै, उद्धारका लागि नेपाली सेनाका ४ वटा हेलिकोप्टर समेत प्रयोग भइरहेका छन्। नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई तयारी अवस्थामा राखिएको छ।

बाढी र पहिरोको वास्तविक कारण पत्ता लगाउन भूगर्भविद्सहितको तीन जनाको टोली ड्रोनसहित नियोग स्थलतर्फ खटाइएको छ।

राहत, सडक पूर्वाधार र स्वास्थ्य तयारी
प्राधिकरणको विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठकबाट निरन्तर अवस्थाको विश्लेषण, सूचना सम्प्रेषण र समन्वय भइरहेको छ। प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ।

सडक सञ्जाल पुनस् सञ्चालन गर्न र बेलिब्रिज निर्माणको सम्भाव्यता अध्ययनका लागि सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली खटिसकेको छ। आरु घाटमा बेली ब्रिज जडानको तयारी थालिसकिएको छ।

यस्तै, गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोलीसहित आपत्कालीन चिकित्सकको टोली तयारी अवस्थामा राखिएको छ भने अलपत्र परेका पर्यटकहरूको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीहरूलाई निर्देशन दिइएको छ।

0 Comments