काठमाडौँ । काठमाडौँको कलंकीमा एक जना युवकको हत्या भएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ घर भइ काठमाडौँकै खसी बजार बस्ने १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनले विवादका क्रममा कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए । घाइते रोशनको कलंकीको शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले रूपेशलाई पक्राउ गरेको थियो। प्रहरीले घटनाको थप अनुसन्धानका लागि अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।



