३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनसुनजन्य विपद्बाट बेनीमा २४२ निजी आवासमा क्षति

अ अ+ अ-

म्याग्दी । यस वर्षको मनसुनजन्य विपद्बाट बेनी नगरपालिकामा २४२ निजी आवासमा क्षति भएको छ । 

बाढीपहिरोबाट ९१ घरमा पूर्ण र १५१ घरमा आंशिक क्षति भएको नगरपालिकाले जनाएको छ । दुई सय ४२ वटा घर पुनर्निर्माण गर्नुपर्ने  भएको छ । सबैभन्दा बढी क्षति  भकिम्लीको चिनाखेत र छेपारेमा  भएको छ । त्यहाँ दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । साथै, ३३ वटा गोठमा क्षति भएको छ । 

बेनी बजार संरक्षणका लागि गणेशटोलस्थित कालीगण्डकी नदीको किनारमा निर्माण गरिएको पक्की पर्खाल असोज ११ गतेको बाढीले भत्काएको छ । क्षतिग्रस्त सडक मर्मतका लागि चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ७५ लाख बजेट अपुग भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा निर्णय गराएर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा थप रु एक करोड बजेट माग गरिएको छ । 

बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले क्षतिग्रस्त सडकहरूलाई पुरानै अवस्थामा फर्काउन रु २५ देखि ३० करोड लाग्ने अनुमान गरिएको बताइन्।  चार वर्षको अन्तरालमा रु १३ करोड खर्चेर निर्माण गरिएका खानेपानी योजनामा मध्ये रु नौ करोड खर्च भएका योजनामा क्षति भएको छ । भत्केका संरचना पुनर्निर्माण गर्न रु पाँच करोड लाग्ने अनुमान छ । 

सदरमुकाम बेनीमा खानेपानी आपूर्ति गर्ने पाइपलाइन पुनर्निर्माणका लागि रु १४ करोड अनुमान प्राविधिकहरूले बताएका छन् । सदरमुकामबाहेकका बस्तीहरूका खानेपानीका पाइप मर्मतसम्भारका लागि तत्काल रु एक करोड मूल्य बराबरको पाइप उपलब्ध गराउन प्रदेश सरकारको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा माग गरिएको जानकारी उपप्रमुख लामिछानेले दिइन् । 

दुई वटा विद्यालय भवन, दुई वटा शौचालय, एउटा बालविकास केन्द्र र एक वटा स्वास्थ्य चौकीको भवनमा क्षति भएको छ । सिङ्गामा लिफ्ट खानेपानी र सिँचाइ तथा रत्नेचौरमा लिफ्ट खानेपानी योजनामा क्षति भएको छ । पर्यटकीयस्थल सिङ्गा तातोपानी कुण्डमा बाढी र  पहिरोले रु दुई करोडभन्दा बढीको क्षति भएको छ ।

0 Comments