३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिलाई सस्तो लोकप्रियतावादबाट लोकतन्त्रको मूल बाटोमा फर्काउनुपर्छः सभापति थापा

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले समकालीन नेपाली राजनीतिलाई सस्तो लोकप्रियतावाद (पपुलिजम) बाट पुनः वास्तविक लोकतन्त्रतर्फ र केवल प्रदर्शनमुखी शैलीबाट नीतिगत सुधारतर्फ डोर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । 

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजित शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले व्यक्तिगत चमत्कारबाट समाजको दिगो रूपान्तरण सम्भव नहुने दाबी गरेका हुन् । सभापति थापाले व्यक्ति केन्द्रित चमत्कारिक दाबीहरूले क्षणिक उत्साह ल्याए पनि समाजमा दिगो र स्थायी परिवर्तन संस्थागत सुदृढीकरणबाट मात्रै सम्भव हुने स्पष्ट पारे । प्रभावकारी संस्था निर्माणका लागि लोकतान्त्रिक संस्कार, संस्कृति र संस्थागत प्रयास अपरिहार्य रहेको भन्दै उनले यस विषयमा गम्भीर राष्ट्रिय बहसको नेतृत्व नेपाली काँग्रेसले गर्ने बताए । मुलुकको वर्तमान आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थापाले न्यून आर्थिक वृद्धिदर र कमजोर स्रोत परिचालनका कारण देश लामो समयदेखि शिथिल अवस्थामा रहेको उल्लेख गरे । 

सभापति थापाले भने, ‘नेपाली राजनीतिलाई पपुलिजमबाट लोकतन्त्रतर्फ र देखावटी राजनीतिबाट सुधारमुखी राजनीतितर्फ लैजानुपर्ने छ । व्यक्तिको चमत्कारले क्षणिक परिवर्तन ल्याउन सक्छ, तर दिगो र स्थायी परिवर्तन बलिया तथा प्रभावकारी संस्थाहरूबाट मात्रै सम्भव हुन्छ । त्यसका लागि राजनीतिक संस्कार, संस्कृति र संस्थागत प्रयास आवश्यक छन्। यस विषयमा बहसको नेतृत्व नेपाली काँग्रेसले गर्नेछ । हाम्रो अर्थतन्त्र न्यून आर्थिक वृद्धि र कमजोर स्रोत परिचालनको अवस्थामा छ । नेपाल किन अगाडि बढ्न सकिरहेको छैन ? यसबारे गम्भीर बहस आवश्यक छ । त्यस्तै, यति धेरै संवैधानिक ग्यारेन्टी हुँदाहुँदै पनि नेपाली समाजमा विभेदका पर्खालहरू किन भत्किन सकेका छैनन् ? यसको पनि गहिरो समीक्षा हुनुपर्छ । नेपाली काँग्रेस बहसबाट भाग्दैन, बहकिँदैन र गुनासो गरेर मात्रै बस्दैन । नेपाली समाजका आजका जटिल प्रश्नहरूको वैचारिक उत्तर दिने पार्टीका रूपमा नेपाली काँग्रेसलाई स्थापित गर्नेछु । यो मेरो अर्को प्रण हो ।’

संविधानले थुप्रै मौलिक हक र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिसक्दा पनि नेपाली समाजमा विद्यमान विभेदका पर्खालहरू किन भत्किन सकेनन् भन्ने विषयमा पनि गहन समीक्षा र विमर्श जरुरी रहेको उनको भनाइ छ । आफ्नो पार्टी कुनै पनि जटिल राष्ट्रिय मुद्दा र बहसबाट नभाग्ने जिकिर गर्दै थापाले काँग्रेस जिम्मेवार विचारको नेतृत्वकर्ता दल बन्ने प्रतिबद्धता जनाए । पार्टी अलमलमा नपरी र व्यर्थको गुनासो नगरी नागरिकका समसामयिक प्रश्नहरूको उत्तर दिने वैचारिक शक्तिका रूपमा स्थापित हुने उनले दाबी गरे । 

0 Comments