१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्समा हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी पक्राउ

अ अ+ अ-

काठमाडौँ । फ्रान्समा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक हजार ८०० भन्दा बढी व्यक्ति पक्राउ परेको गृहमन्त्री लरेन्टनुनेजले आइतबार बताएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुनुका साथै आगजनी, तोडफोड र लुटपाटका घटना भएका थिए । सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै गृहमन्त्री नुनेजले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न अनुसन्धान भइरहेको बताए । उनीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

पेरिस, मार्से, लियोन, बोर्डो लगायतका फ्रान्सेली सहरमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो । अमेरिका–इरान द्वन्द्वका कारण बढेको मुद्रास्फीतिको विरोधमा भएका ठूला प्रदर्शनका क्रममायी घटना भएका हुन्।

यसअघि फ्रान्सका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूले कक्षाकोठाको दयनीय अवस्थाको विरोधमा चार सातासम्म प्रदर्शन गरेका थिए । तीमध्ये केही प्रदर्शनसमेत हिंसात्मक बनेका थिए ।

गृहमन्त्री नुनेजले शनिबार भएका प्रहरीसँगका झडप, सार्वजनिक भवनमा आगजनी तथा तोडफोड र पसलहरूमा भएको व्यापक लुटपाटका लागि ‘हजारौँ अति–वामपन्थी’व्यक्तिहरू जिम्मेवार रहेको आरोप लगाए । 

उनका अनुसार प्रदर्शनका क्रममा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । विशेषगरी सयौँ पसल सञ्चालक प्रभावित भएका छन्।

प्रदर्शनका क्रममा करिब ५०० प्रहरी, अग्नि नियन्त्रक तथा आकस्मिक स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी घाइते भएको पनि नुनेजले जानकारी दिए । घाइतेको सङ्ख्या अझै परिवर्तन हुनसक्ने उनले बताए । 

फ्रान्समा अराजकता र हिंसा फैलाउन खोज्नेहरूका अगाडि सरकार नझुक्ने स्पष्ट पार्दै नुनेजले कानुन विपरीतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाही गरिने सङ्केत गरे । 

0 Comments