३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिस्त्री खोलाले बगाएर एक जनाको मृत्यु, एक जना बेपत्ता

अ अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मिस्त्री खोलाले बगाएर आज एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

खोलाले बगाएर स्थानीय छ वर्षीया अनिशा बुढामगरको मृत्यु भएको र तीन वर्षीया कृष्टिका बुढामगर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक भूपेन्द्र गोतामेले जानकारी दिए ।

“दाउरा खोज्न गएका अभिभावकको पछि लागेर गएका बालिकाहरूलाई मिस्त्री खोलाले बगाएर बेपत्ता बनाएको हो,” उनले भने, “अनिशाको शव भेटिएको छ भने कृष्टिकाको खोजी जारी छ ।” मृतक र बेपत्ता बालिका दुई बहिनीका छोरीहरू हुन् ।

सो घटनाको जानकारी हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयवासी समेतको सहभागितामा बालिकाको खोजी भइरहेको छ ।

यसैबीच, नारच्याङका बासिन्दा तमबहादुर चोचाङ्गी पुनले मिस्त्रीखोला जलविद्युत् आयोजनाको गम्भीर लापरबाहीका कारण घटना भएको बताए । “बिहान सुकेको खोलामा जलविद्युत् आयोजनाले पूर्व सूचना बिनै बाँधबाट एक्कासि पानी छोडेका कारण बालिकाहरूलाई बगाएको हो,” उनले भने ।

सो घटनाको सन्दर्भमा अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक गोतामेले बताए ।

0 Comments