३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

अ अ+ अ-

काठमाडौँ । वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना एवं दर्शनका लागि खोलिने गोकर्णेश्वर नगरपालिका–४ स्थित वनदेवी मन्दिरमा ठूलो संख्यामा आज भक्तजनले दर्शन गरेका छन् ।

साविकको राजनिकुञ्ज हाल नेपाल ट्रष्टको कार्यालय मातहत रहेको गोकर्ण जङ्गलस्थित राष्ट्रिय वन क्षेत्र भित्रको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण वनदेवी मन्दिरमा नवरात्रका अवसरमा पूजा, आराधना एवं दर्शनका लागि राजधानीका विभिन्न स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।

यो मन्दिर वर्षमा नवरात्रका चार दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छ । फूलपातीदेखि विजयादशमीसम्म चार दिन हजारौँ भक्तजनले यहाँ पूजा आराधना एवं दर्शन गर्ने गरेको नेपाल ट्रष्टको कार्यालय गोकर्ण दक्षिणढोका एकाईका कर्मचारी प्रकाश केसीले जानकारी दिए ।

नेपाल ट्रष्टको कार्यालयले पनि वर्षमा एकपटक बोकाको बलिसहित पूजा गर्ने गरेको पनि उनले सुनाए । यो मन्दिरमा प्रवेश गर्ने चार वटा बाटो रहेका छन् । गोकर्णेश्वर महादेव मन्दिरअघि हाल नेपाली सेनाको विपद् व्यवस्थापन गणको मूलढोका, उत्तरवाहिनीस्थित पञ्चमुखी हनुमान मन्दिर नजिकैको प्रवेशद्वार, गोकर्ण फरेस्ट रिसोर्टको प्रवेशद्वार र दक्षिणढोकास्थित नेपाल ट्रष्टको कार्यालय गोकर्ण एकाईबाट जान सकिन्छ ।

उत्तरवाहिनी र गोकर्ण मन्दिरअघिको बाटोबाट थोरै पैदल यात्रामा वनदेवीको दर्शन गर्न सकिन्छ । यी दुवै बाटोबाट करिब १५ मिनेटको पैदल यात्रामा वनदेवी जान सकिने गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयराम महतले जानकारी दिए ।

मन्दिरमा हाल नित्य पूजा भने हुन नसकेको पनि उनले स्वीकार गरे । यो वन राजनिकुञ्ज भएर सर्वसाधारणका लागि बन्द गरिएदेखि नै यहाँ नित्य पूजा हुन नसकेको हो । राजनिकुञ्ज हुँदा राजदरबारबाट नै वर्षमा एकपटक बोकाको बलिसहित विशेष पूजा गरिन्थ्यो । हाल यो परम्परालाई नेपाल ट्रष्टको कार्यालयले निरन्तरता दिएको छ ।

गोकर्णको वनदेवीसँगै राजधानीका गुह्येश्वरी, जयवागीश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बगलामुखी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पनि दर्शनार्थी भक्तजनको लाम लागेको छ ।

आज नवरात्रको अन्तिम दिन भएकाले देशभरका सबै शक्तिपीठ र देवीस्थान एवं मन्दिरमा बिहानैदेखि बेलुकीसम्म नै लामो लाम लागेको जनाइएको छ ।

0 Comments