४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थिमिमा ६२ वर्षपछि जीवित देवी कुमारीको दर्शनसहित टीका ग्रहण गर्ने परम्परा सुरु

अ अ+ अ-

काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिमा ६२ वर्षपछि यसवर्ष जीवित देवी कुमारी दर्शन गराउने परम्पराले निरन्तरता पाएको छ ।

स्थानीय शाक्य, बज्राचार्य, कर्माचार्य तथा संस्कृति संरक्षणकर्मीहरूको पहलमा धार्मिक, सामाजिक एवं ऐतिहासिक महत्व बोकेको कुमारी दर्शन गराउने परम्परा ६२ वर्षपछि आज सुरु भएको हो ।

मध्यपुरथिमि चपाचोकी चार वर्षीया आयुषी बज्राचार्यलाई यसवर्ष जीवित देवी कुमारीका रूपमा नियुक्त गरिएको थियो । उनलाई आज आदर्शस्थित लायकु दरबारमा राखेर सर्वसाधारणले दर्शन एवं कुमारीको हातबाट टीका ग्रहण गरेका थिए ।

संस्कृतिकर्मी एवं पमा नाइके श्यामकाजी पमा श्रेष्ठका अनुसार मध्यपुरथिमिमा ६२ वर्षअघि जीवित देवी कुमारीलाई पुज्ने परम्परा रहेको तर आर्थिक कारणले रोकिदैआएको अवस्थामा धार्मिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रका स्थानीय अगुवाहरूको पहलमा यसले निरन्तराता पाएको हो ।

राजा राय मल्ले नेपाल सम्बत ६११ मा जीवित देवी कुमारीलाई तलेजु भवानीको दोश्रो रुपमा पुज्ने गरेको इनिहास रहेको बताउँदै उनले अबदेखि यस परम्पराले निरन्तराता पाउने विश्वास व्यक्त गरे ।

पमा नाइके श्यामकाजीले भने, “मध्यपुरथिमिमा करिब ६०/६२ वर्षपछि आज जीवित देदी कुमारी पुज्ने, दर्शन गर्ने र टीका लगाउने परम्परा पुनः सुरु भएको छ, आज नयाँ नियुक्त कुमारीका पिता सुरेश बज्राचार्यले बोकेर कुमारीलाई मेरो घरमा ल्याउनु भयो, मैले कुमारीको हातको टीका ग्रहण गरेर दक्षिणा र सुगन दिएपछि बालकुमारी परिक्रमा गराई लायकू दरबारमा दिनभर राख्यौँ । त्यहाँ आई स्थानीयले कुमारीको हातबाट टीका ग्रहण गरे । अब यसरी यो परम्परा जारी रहन्छ ।”

0 Comments