४ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न गृहले गठन गर्‍यो विशेष कार्यदल

शुक्रबारदेखि काम थाल्ने कार्यदललाई श्रम करार उल्लंघन, कन्सल्टेन्सीमार्फत हुने ठगी र भिजिट भिसाको दुरुपयोग अनुगमन गर्ने जिम्मेवारी दिइएको छ।

अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले वैदेशिक रोजगारी तथा विदेश पठाउने नाममा हुने ठगी र श्रम शोषण नियन्त्रण गर्न विशेष कार्यदल गठन गरेको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरी सोही दिनदेखि काम थाल्ने निर्णय गरेको हो।

कार्यदलले करारमा उल्लेख भएभन्दा फरक काममा लगाउने, तोकिएको तलब तथा सेवा-सुविधा नदिने र रोजगारीको प्रलोभन देखाएर भिजिट भिसामा विदेश पठाउने गतिविधिको अनुगमन गर्नेछ। कन्सल्टेन्सीमार्फत हुने ठगी र भिजिट भिसाको आवरणमा हुने मानव तस्करीमा संलग्न व्यक्ति वा समूह पहिचान गरी प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने कार्यादेश पनि दिइएको छ।

बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय मन्त्री रामजी यादवसहित गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सहभागी थिए। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख र नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीको पनि सहभागिता थियो।

विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नोभेम्बर १३ मा संयुक्त अरब इमिरेट्स पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा स्थानीय नेपाली समुदायसँग छलफल गरेका थिए। छलफलमा वैदेशिक रोजगारीका क्रममा नेपाली नागरिक ठगी र श्रम शोषणमा परेको विषय उठेपछि उनले तत्काल कदम चाल्ने प्रतिबद्धता जनाएका थिए।

गृह मन्त्रालयले ठगी र श्रम शोषण नियन्त्रणका लागि सम्बन्धित निकायबीचको समन्वय बढाउने जनाएको छ। मन्त्रालयले रोजगारीको प्रलोभनमा नपर्न र विदेश जानुअघि आधिकारिक प्रक्रिया, करारका सर्त तथा गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे बुझ्न सर्वसाधारणलाई आग्रह गरेको छ।

0 Comments