४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँको शुभकामना

अ अ+ अ-

सधैँ झैँ उल्लास बोकेर दशैँ आएको भए पनि हुने
सम्झनाका तरेलीमा विगत झैँ रहर बोकर आएको भए पनि हुने
बालापनको झैँ उमङ्ग र उत्साह बोकेर आएको भए नि हुने
आयो फेरि त्रास र सङ्कट लिएर
आयो फेरि बिनासको बादल बोकेर।।
काली कर्णालीहरूमा मानव जीवनकै अस्तित्वको सङ्कट लिएर
वस्तीहरूमा उजाड हिँउद लिएर
मधेशमा फाँटहरूमा बाढि र डुवानका त्रास लिएर
मानवीय गरिबीले आक्रान्त शहरहरूमा पीडा थप्दै
बढ्दो एकाङ्कीपनयुक्त गाउँवस्तीमा उल्लास कम बोझ बढि लिएर।।

नआएकै भए हुन्थ्यो दशैँ
महँगी र अभावका समाचार लिएर
शहरबाट गाउँ फर्कनेका लाम
बिग्रिएको बाटो र बाटाभरीका जाम
गन्तब्यमा पुग्ने नपुग्ने टुङ्गो नभएका यात्राहरू
अमिलो मन लिएर टिकट नपाएका अभागीहरूका लाइन
अभावलाई अवसरका रुपमा लिएका मानव जमात
घरबारबिहिन बनेकाहरूको आउने चिसो र अनिकालसँग जुध्ने सपनाहरू लिएर।।

नियमित रुपमा आउने दशैँ, नातासम्बन्ध नवीरकणको माध्यम बनेको छ
पारिवारिक मिलनको अवसर
अभाव अप्ठेरा र प्रतिकुलतामा समेत समृद्धिका सपना देख्न
ठूलाका आशिर्वाद लिने
दैवी (नारी) शक्तिको आराधना र सम्मान गर्न सिकाउने
ठूलाबडाको सम्मान र सानालाई आशिर्वादको संगम
परम्परा र पहिचानको प्रतीक
दशैँले
विपद्‌का पीडाबीचका जनताहरूमा मल्हम लगाउनुछ
हाम्रो संस्कार र संस्कृतिको जगेर्ना गर्नुछ
बाढी, पहिरोले थिलथिलो बनेका बस्तीहरूमा
आशाको दीप जगाउनु छ
सहकार्य र एकताको बीउ जगाउनु छ
सबैमा सद्भाव, सहकार्य र सद्‌बुद्धिको भावना जगाउनु छ
मानवताको जगेर्ना गर्नुछ।।

सबैलाई उन्नति र प्रगतिको आशा अनि भरोसा प्राप्त होस्
अभावमा पनि मानवीयता निरन्तर कायम होस्
एकता र सद्‌भाव कायम रहोस्
नेपालीजनको हित र विकासमा लाग्ने प्रेरणा प्राप्त होस्
समुन्नत नेपाल निर्माणमा सबैजनको हातेमालो होओस्
शोक र विनासलाई शक्ति र पुनर्निर्माणमा जाने आँट मिलोस्
नवदुर्गा पावनीको शुभकामना।।
दशैँ/ दशहरा/ दुर्गापुजाको सबैमा शुभकामना।।

0 Comments