५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी

अ अ+ अ-

एजेन्सी । गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मंगलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

जनमत सर्वेक्षणले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन् । इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि कम्तीमा ६१ सिटको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीच गठबन्धन निर्माण निर्णायक हुनेछ ।

सतहत्तर वर्षीय नेतान्याहु इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन् । समर्थकहरूले उनको सुरक्षा र आर्थिक अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई महत्त्व दिन्छन् । तर, विरोधीहरूले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणअघि सुरक्षा कमजोरी हुन दिएको र त्यसपछिको युद्ध व्यवस्थापनमा असफल भएको आरोप लगाउँछन् । उनले युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन् ।

छैसठ्ठी वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोट मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत भएका छन् । गाजाको युद्धमा उनका छोरा र दुई भतिजाको मृत्यु भएको थियो । नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा काम गरेका उनले स्पष्ट रणनीति नभएको भन्दै आठ महिनापछि राजीनामा दिएका थिए । सुरक्षा नीतिमा भने उनी कडा मानिन्छन् ।

पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा छन् । उनी प्यालेस्टिनी स्वतन्त्रताको विरोध र पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्छन् । सन् २०२१ मा उनले वामपन्थी तथा अरब दलको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिर अति दक्षिणपन्थी नेता छन् । उनी प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र बसाइँसराइ गराउने र त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण विवादमा छन् । उनको पार्टीले अघिल्लो निर्वाचनमा राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो ।

यसैगरी, ५२ वर्षीय मन्सुर अब्बास अरब नेतृत्वको राम पार्टीका नेता छन् । उनले अरब समुदायमा अपराध नियन्त्रणजस्ता स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आएका छन् । सन् २०२१ मा उनको पार्टी इजरायली सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो ।

0 Comments