५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्लास्टिक बोतलबारे उपभोक्तालाई भ्रम नपार्न ईयूको निर्देशन

अ अ+ अ-

एजेन्सी । पेय पदार्थ उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनीहरू कोका–कोला, नेस्ले र ड्यानोनले युरोपेली सङ्घ (ईयू) को दबाबपछि आफ्ना प्लास्टिक बोतलमा प्रयोग गरिएका रिसाइक्लिङसम्बन्धी दाबी परिवर्तन गर्न सहमति जनाएका छन् । युरोपेली आयोगले बिहीबार यसबारे जानकारी दिएको हो ।

नोभेम्बर २०२३ मा युरोपेली उपभोक्ता समूहहरूले यी कम्पनीका बोतलबन्द पानीसम्बन्धी उत्पादनमा भ्रामक वातावरणमैत्री दाबी गरिएको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि भएको छलफलमा कम्पनीहरूले बोतलमा प्रयोग गरिने केही शब्दावली परिवर्तन गर्न सहमति जनाएको आयोगले बताएको छ ।

यसअघि प्रयोग हुँदै आएको ‘म सत प्रतिशत रिसाइकल गरिएको प्लास्टिकबाट बनेको बोतल हुँ’ भन्ने नारालाई अब ‘यो बोतल सत प्रतिशत रिसाइकल गरिएको छ, बिर्को र लेबल बाहेक’ भन्ने सन्देशले प्रतिस्थापन गरिनेछ । यसबाट बिर्को र लेबलमा प्रयोग गरिएको सामग्रीसमेत रिसाइकल गरिएको हो भन्ने भ्रम हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, कम्पनीहरूले बोतलमा ‘मलाई फेरि रिसाइकल गर्नुहोस्’ भन्ने सन्देशको सट्टा ‘मलाई रिसाइकल गर्नुहोस्’ लेख्न सहमति जनाएका छन् । यसले उपभोक्तामा उक्त बोतल पहिले नै रिसाइकल भइसकेको छ भन्ने गलत धारणा उत्पन्न हुन नदिने आयोगको भनाइ छ ।

कम्पनीहरूले आफ्ना अनलाइन सञ्चार तथा डिजिटल प्रचार अभियानमा पनि ईयूसँग गरेका प्रतिबद्धता प्रतिबिम्बित हुने गरी वातावरणीय दाबी प्रस्तुत गर्नुपर्नेछ । युरोपेली आयोगले कम्पनीहरू र उपभोक्ता संरक्षण सहयोग सञ्जालबीचको वार्तालाई समन्वय गरेको थियो । उक्त सञ्जालमा ईयूका २७ सदस्य राष्ट्रका उपभोक्ता संरक्षणसम्बन्धी निकायहरू सहभागी छन् ।

आयोगका अनुसार, कोका–कोला र नेस्लेले विशेषगरी डिजिटल प्रचार अभियानमा प्रयोग गरिने रिसाइक्लिङसम्बन्धी दाबीमा सुधार गर्दै केही प्रतिबद्धता कार्यान्वयनसमेत गरिसकेका छन् । यस कदमलाई प्लास्टिकजन्य फोहोर, रिसाइक्लिङ र वातावरणमैत्री उत्पादनसम्बन्धी दाबीमा पारदर्शिता बढाउने ईयूको प्रयासका रूपमा हेरिएको छ ।

0 Comments