७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘६ महिनाभित्र जानकी आँखा अस्पतालको अवस्था सुधार गर्छौँ’ : मनिष झा

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले जनकपुरधामस्थित श्री जानकी आँखा अस्पताललाई ६ महिनाभित्र सुधार गरी व्यवस्थित बनाउने बताएका छन् । 

अस्पतालको निरीक्षण गर्दै सांसद झाले अस्पतालको भौतिक संरचना, जनशक्ति व्यवस्थापन र आर्थिक सुशासनमा सुधार गरी ६ महिनाभित्र देखिने परिवर्तन ल्याउने बताएका हुन् । जनकपुरधामको पहिचानसँग जोडिएको जानकी आँखा अस्पतालमा पर्याप्त भौतिक संरचना र आर्थिक स्रोत हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उनले बताए । 

अस्पतालमा करिव २२ करोड रुपैयाँ कोषमा रहेको उल्लेख गर्दै उनले उक्त रकम पूर्वाधार स्तरोन्नति र सेवा विस्तारमा उपयोग गर्ने बताए । उनले अस्पतालको कमजोर व्यवस्थापन र कर्मचारीको कार्यशैलीलाई सुधार गर्न आवश्यक रहेको बताए । अस्पतालको सुधारमा कर्मचारीबाट असहयोग भएमा कारबाही गर्ने उनको भनाइ छ । काम नगरी तलब लिने वा अस्पतालको जिम्मेवारीमा रहेर अन्यत्र निजी व्यवसाय सञ्चालन गर्ने कर्मचारीमाथि कारबाही गर्ने उनले बताए । 

विगतमा केही कर्मचारीले अस्पतालबाट तलब लिएर बाहिर औषधि पसलमा समय बिताउने गरेको उनको भनाइ छ । त्यस्तै, गार्डेनरको तलब मासिक ७५ हजार रुपैयाँ रहेको तर अस्पताल परिसर व्यवस्थित नभई झाडीमा परिणत भएको उनले बताए । उनले अस्पतालमा प्राविधिक जनशक्ति थप्ने र कर्मचारीको अनुपात मिलाउने बताए । अस्पतालमा प्रशासनिक कर्मचारीको तुलनामा प्राविधिक जनशक्ति कम रहेको उनको भनाइ छ । उनकाअनुसार अस्पतालमा करिव १० जना प्राविधिक र ३० जना प्रशासनिक कर्मचारी रहेका छन् । दुई जना सर्जनले मात्रै ठूलो अस्पतालको सेवा आवश्यकताअनुसार सञ्चालन गर्न कठिन हुने भन्दै उनले दक्ष चिकित्सक तथा प्राविधिक जनशक्ति थप्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘जनकपुरको नागरिकले यो पनि मेरै ठाउँ हो है भन्ने संस्थाको रूपमा हामीले यसलाई विकास गर्नुपर्छ । यहाँ लगभग १० कठ्ठा जतिको एरिया ठूलो ग्राउण्ड छ, त्यसलाई हामीले नागरिकलाई प्रयोग गर्न सक्ने गरी वाकिङ ट्रेल, मर्निङ वाक गर्ने ठाउँ बनाइदिनुपर्छ । यसले नागरिक यो इन्स्टिच्युसनसँग जोडियोस् । धरानमा देखेका छौँ, बिपी कोइराला इन्स्टिच्युसनले यति राम्रो त्यो नागरिकलाई जोडेको छ । धरानको अहिले पहिचान नै त्यो इन्स्टिच्युसनले बनाएको छ । यो इन्स्टिच्युसनसँग पैसा नभएको होइन । २२ करोड रुपैयाँ फन्ड छ, तर त्यो फण्ड युज हुन सकेको छैन । यो इन्स्टिच्युसनहरूमा फण्डको कमी कहिले पनि हुँदैन तर त्यसलाई रणनीतिक रूपमा प्रयोग कसरी गर्ने, उपयोग कसरी गर्ने र त्यसको उपयोगिताले यसको उत्पादनशीलता, प्रोडक्टिभिटी कसरी बढाउँछ भन्ने कुराको रणनीतिक योजना चाहिन्छ । ६ महिनामा पक्कै केही न केही सुधारको सूचकहरू हामीले देखाउन सक्छौँ ।’

0 Comments