७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान थन्काउन किसानलाई चटारो

अ अ+ अ-

भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर बनेका छन् । 

धान थन्काउने मुख्य समयमै दसैँ भित्रिएकाले अहिले किसानहरू परिवार र आफन्तजनसँग चाडपर्वको खुसियाली साट्नमा व्यस्त देखिन्छन् । दसैँको टीका–जमरार खानपिन सकिने बित्तिकै धान थन्काउने चटारो सुरु हुने भोजपुर नगरपालिका–६ की किसान सङ्गीता खड्का बताउछन्। 

कात्तिक महिनाको सुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलो भएपछि यहाँको वातावरण नै रमणीय बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ । भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयाँलले पहेँलै बनेको धानले गाउँघर तथा डाँडाको पाखाको सौन्दर्य बढाएको बताए । चाडबाड सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र धान भण्डारण गर्ने चटारो सुरु हुने किसान फुयाँलले जानकारी दिए 

चाडपर्वपछि गाउँमा परम्परागत रुपमा चल्दै आएको ‘अर्मपर्म’ गरेर धान भण्डारको काम सुर हुने उनको भनाइ छ । मेसिनरी औजारको पहुँच सहज नभएका भिराला खेतहरूमा परिवारका सदस्यहरूसँगै छिमेकीहरू मिलेर धान काट्ने र भित्र्याउने चलन रहेको किसान फुयाल बताउँछन्  ।वर्षभरिको मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याएपछि ढुक्क हुने उनले बताए र

0 Comments