काठमाडौँ। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगञ्ज र प्रहरी चौकी इनर्वाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले आज वीरगञ्ज महानगरपालिका–१६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका-६ का २८ वर्षीय अमित दर्जी र म्याग्दे गाउँपालिका-२ का २९ वर्षीय दीपक परियार रहेका छन्।
उनीहरूको साथबाट ४२.७२० ग्राम खैरो हेरोइन र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।



