काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।
शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा पार्टीको जागरण अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले सबै नेपालीले असहज परिस्थितिको सामना गरिरहेको बताए। साथै विश्व परिस्थिति पनि सहन नरहेको भन्दै रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका बताए।
दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको उनको दाबी छ । संयोजक दाहालले र नयाँ व्यवस्था स्थापित भइ नसकेको अवस्थामा विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको जिकिर गरे ।
उनले भने, ‘अहिले हाम्रो देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिस्थिति सहज छैन । सम्पूर्ण नेपाली जनताले असहज परिस्थितिको सामना गरिरहेका छन् । अर्कोतर्फ, विश्व परिस्थिति पनि सहज छैन । रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन तथा इजरायल, अमेरिका र इरानबीचका युद्ध र युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेका छन् । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको छ, तर नयाँ व्यवस्था स्थापित भइसकेको छैन । विश्व राजनीति अहिले सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यसको प्रभाव भू–राजनीतिमा पनि परेको छ । दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिस्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको छ । त्यसैले नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन, बरु यसको प्रभाव अझ बढी महसुस गरिरहेको छ ।’
दुई ठूला छिमेकीबीच अवस्थित नेपालमा विश्व शक्तिहरूबीचको बढ्दो प्रतिस्पर्धा र भू–राजनीतिक परिवर्तनको प्रभाव परेको बताए ।



