८ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वव्यापी संकट समाधानका लागि तत्काल कूटनीतिक पहल आवश्यकः इस्तानबुल सम्मेलन

अ अ+ अ-

एजेन्सी । विश्वभर तिब्र गतिमा गहिरिँदै गएका संकटहरूको समाधानका लागि तत्काल प्रभावकारी कूटनीतिक सक्रियता र क्षेत्रीय उपायहरूको खोजी गर्नुपर्नेमा अन्तर्राष्ट्रिय समुदायले जोड दिएको छ । 

टर्कीको इस्तानबुलमा शुक्रवारदेखि सुरु भएको नवौँ ‘इस्तानबुल मध्यस्थता सम्मेलन’मा सहभागी कूटनीतिज्ञ तथा द्वन्द्व समाधानविद्हरूले युद्ध रोक्न र दीर्घकालीन शान्ति कायम गर्न संवादको विकल्प नभएको स्पष्ट पारेका छन् । परिवर्तित विश्व परिदृश्यमा शान्ति स्थापनाका निम्ति साझेदारी र नयाँ दृष्टिकोणको खोजी गर्ने उद्देश्यका साथ आयोजित दुई दिने यस सम्मेलनमा झन्डै २०० उच्चस्तरीय कूटनीतिज्ञ, प्राज्ञ तथा द्वन्द्व समाधान विज्ञहरूको सहभागिता रहेको छ । 

यस वर्षको सम्मेलनको मुख्य नारा ‘शान्तिका लागि साझेदारी र नयाँ दृष्टिकोण बदलिँदो विश्वमा मध्यस्थता’ तय गरिएको छ । सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभर द्वन्द्वहरू गुणात्मक रूपमा बढ्दै गएको र ती झन् घातक, जटिल तथा समाधान गर्न कठिन बन्दै गएको चेतावनी दिए । मध्यस्थता कुनै जादुयी वा तत्काल परिणाम दिने उपाय नभए पनि सुझबुझ र दृढ संकल्पका साथ अघि बढाइएमा यसले शान्तिको सम्भावनालाई दिगो यथार्थमा बदल्न सक्ने महासचिव गुटेरेसको भनाइ थियो । 

उनले विश्वभर जारी हिंसा र हत्याको शृङ्खला अन्त्य गर्न तथा हतियार बिसाउनका लागि विश्व समुदायमा सामूहिक राजनीतिक इच्छाशक्ति आवश्यक रहेको कुरामा विशेष जोड दिए । त्यसैगरी, आयोजक राष्ट्र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पनि भिडियो सन्देश पठाउँदै विश्वव्यापी तनाव चुलिँदै गएको वर्तमान समयमा निरन्तर संवादको अपरिहार्यता औंल्याए । 

द्वन्द्वरत पक्षहरू एकापसमा संवाद गर्न तयार नभएको र आशाका किरणहरू क्षीण हुँदै गएको परिस्थितिमा समेत कूटनीतिक प्रयास कहिल्यै त्याग्न नहुने कुरालाई टर्कीले आफ्नो मुख्य सिद्धान्त बनाएको राष्ट्रपति एर्दोगानले स्पष्ट पारे । बढ्दो भूराजनीतिक तनाव, क्षेत्रीय युद्ध तथा मानवीय संकटका बीच सुरु भएको यस सम्मेलनले द्वन्द्व समाधानका व्यावहारिक उपाय पहिचान गर्न र अन्तर्राष्ट्रिय मध्यस्थता प्रक्रियालाई थप मजबुत बनाउन दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ । 

0 Comments