काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।
बैठक आज बिहान ११ बजे काठमाडौँको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बस्नेछ।




