काठमाडौँ । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा प्रभावित स्थानीयवासी न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन् ।
आइतबार भएको प्रदर्शनमा उनीहरूले एउटै राजमार्गमा सर्वोच्च अदालतका फरक-फरक फैसला किन भन्दै प्रश्न उठाएका हुन् ।
प्रदर्शनकारीहरूले संविधानको धारा २५ ले सुनिश्चित गरेको सम्पतीको हक संरक्षण गर्न, लालपुर्जाधारी नागरिकलाई उचित क्षतिपूर्ति दिन तथा आवास र सम्पत्तिको अधिकारको ग्यारेन्टी गर्न माग गरेका छन् ।
उनीहरूले वीरगञ्जवासीप्रति विभेदकारी नीति बन्द गर्नसमेत आग्रह गरेका छन् ।




