२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिलरको अविजित ९३ रन पनि कर्णालीलाई जिताउन पर्याप्त भएन, सुदूरपश्चिम ३९ रनले विजयी

एनपीएल डेब्युमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरको उत्कृष्ट प्रदर्शन, सुदूरपश्चिम तेस्रो जितसहित अंक तालिकाको दोस्रो स्थानमा

अ अ+ अ-

काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलरले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु गर्दै अविजित ९३ रनको उत्कृष्ट इनिङ खेले पनि कर्णाली याक्स पराजित भएको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई ३९ रनले हराएको हो।

सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३७ रन मात्रै बनाउन सक्यो। मिलरले एक छेउबाट आक्रामक ब्याटिङ गरे पनि अन्य खेलाडीले अपेक्षित योगदान दिन नसक्दा टोली लक्ष्यसम्म पुग्न सकेन। 

मिलरले ५५ बल सामना गर्दै पाँच चौका र सात छक्काको मद्दतमा अविजित ९३ रन बनाए। कर्णालीका लागि विकेटकिपर दीपक डुम्रेले १२ बलमा तीन चौका र एक छक्कासहित १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमका बलरमध्ये स्कट कुगेलेइनले दुई विकेट लिए। हेमन्त धामी, अनिल खरेल, कप्तान दीपेन्द्रसिंह ऐरी, थरिन्दु रत्नायके र अविनाश बोहराले समान एक–एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। टोलीलाई राम्रो सुरुवात दिलाउने क्रममा ओपनर सैफ अली जैब र विनोद भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए।

जैबले २४ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३५ रन बनाए। विनोदले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २७ रन जोडे। विनोद आठौँ ओभरमा रनआउट भएपछि नवौँ ओभरमा जैब पनि पभेलियन फर्किएका थिए।

मध्यक्रममा ब्रान्डन म्याकमुलेनले १६ बलमा २४ रन बनाए भने इशान पाण्डेले १३ बलमा तीन छक्कासहित २३ रनको योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए।

अन्तिम ओभरहरूमा थरिन्दु रत्नायके र स्कट कुगेलेइनले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए। रत्नायकेले १२ बलमा तीन चौका र एक छक्कासहित अविजित २२ रन बनाए भने कुगेलेइनले छ बलमा दुई चौकासहित अविजित १३ रन जोडे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन थपेको थियो। 

कर्णालीका लागि मार्क वाटले दुई विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले समान एक–एक विकेट हात पारे।

यस जितसँगै सुदूरपश्चिमले पाँच खेलबाट तीन जितसहित छ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेल खेलेको कर्णालीको यो लगातार दोस्रो हार हो। दुई जितबाट चार अंक जोडेको कर्णाली पाँचौँ स्थानमा झरेको छ।

0 Comments