२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखराको लगातार चौथो हार, दोस्रो जितबाट चितवन तेस्रो स्थानमा उक्लियो चितवन

अ अ+ अ-

काठमाडौँ । बलरहरूले उत्कृष्ट प्रदर्शन गरेपछि चितवन पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित हात पार्दै तेस्रो स्थानमा उक्लेको छ ।

चितवन राइनोजले दिएको १५२ रनको लक्ष् पछ्याएको पोखरा १९ ओभरमा सबै विकेट गुमाएर १२१ रनमा अलआउट भयो ।

चार खेलमा चितवनको यो दोस्रो जित हो र ५ अंकसहित तेस्रो स्थानमा उक्लेको हो । पोखराको भने यो लगातार चौथो हार हो र अंकविहिन हुँदै पूछारमा छ ।

पोखराका लागि अर्जुन कुमालले ४४ बल खेल्दै ३ चौका १ छक्का मदतमा सर्वाधिक ४५ रन बनाए । युवराज सम्राले १९ र किरण ठगुन्ना र अर्जुन घर्तीले समान १२ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कप्तान परिवर्तन गरेको पोखराले आजपनि फरक ओपनिङ जोडी मैदान उतारेको थियो । कुशल भुर्तेलसँगै क्यानडाका खेलाडी युवराज सम्राले ओपनिङ गरेका थिए । तर भुर्तेल पहिलो ओभरको तेस्रो बलमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । त्यसपछि सम्रा र अर्जुन कुमालले दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरे । तर सम्रा १४ बलमा १९ रन बनाएर आउट भएपछि पोखराले नियमित अन्तरमा विकेट गुमायो ।

अर्जुन कुमालले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेउमा गतिलो साथ पाएनन् । सदिरा समराविक्रमा ४ र महेदी हसन ७ रनमा आउट भएपछि पोखराले ७८ रनमा ४ विकेट गुमाएको थियो । किरण ठगुन्नाले अर्जुन कुमाललाई साथ दिने प्रयास गरेपनि उनी १३ बलमा १३ रन बनाएर आउट भए । पोखराको नयाँ कप्तान बनेका चमिका करुणारत्ने विकेटकिपर अर्जुन घर्ती भन्दा अघि सातौं नम्बरमा ब्याटिङमा आएका थिए । तर उनी २ रनमै आउट भए । सुदिप अर्याल, विपिन खत्री र सागर ढकालले खाता खोल्न सकेनन् ।

बलिङमा चितवनका लागि रिजन ढकालले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यस्तै कमल सिंह ऐरीले २ ओभरमा १ मेडन राख्दै ७ रन मात्र खर्चेर ३ विकेट लिए । डान मोस्ले, मौसम ढकाल र कुशल मल्लले १(१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

चितवनका लागि कप्तान सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाउँदा रवि बोपाराले ३५, अर्जुन साउदले ३१ र डाविड मालानले २८ रन जोडे ।

पोखरा विरुद्ध ओपनिङ गरेका अर्जुन साउदले डाविड मालिनसँग पहिलो विकेटका लागि ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर दुवै ब्याटर लगातार आउट भए ।

विकेटकिपर अर्जुनले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा ३१ रन बनाए । मालानले २८ बल खेल्दै ३ चौका मदतमा २८ रन बनाए । त्यसपछि रवि बोपाराले एक छेउ सम्हालेपनि डान मोस्ले २ र यस सिजन पहिलो खेल खेलिरहेका मार्की कुशल मल्ल ११ रनमा आउट भए । ८६-४ को अवस्थामा बोपाराले कप्तान सिकन्दर राजासँग पाँचौ विकेटका लागि ६० रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए ।

तर अन्तिम ओभरमा पोखराका कप्तान चमिका करुणारत्नेले दुवै खेलाडीलाई आउट गरे । अन्तिम ओभरमा आउट हुनुअघि बोपाराले २८ बल खेल्दै ३ चौका र १ छक्का मदतमा ३५ रन बनाए । यस्तै आक्रमक ब्याटिङ गरेका कप्तान राजाले १६ बल खेल्दै २ चौका र ४ छक्का मदतमा सर्वाकि ३७ रन बनाए । कमल सिंह ऐरी २ रनमा अविजित रहे ।

0 Comments