२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठमेल पर्यटन विकास परिषदद्वारा प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

अ अ+ अ-

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले प्रधानमन्त्री राहत कोषमा रु १६ लाख ४० हजार २१८ आर्थिक सहयोग गरेको छ । परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि शुक्रबार साँझ काठमाडौँका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो ।

परिषद्ले ठमेलमा शुक्रबार साँझ आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

यसैबीच, कार्यक्रममा काठमाडौँका प्रजिअ पौडेलले विपद्को क्षणमा ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले पीडितका लागि गरेको सहयोगको उच्च प्रशंसा गरे । 

परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनर्स्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले परिषद्ले उक्त रकम सहयोग गरेको जानकारी दिए।

पर्यटन क्षेत्रको विकास, प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले जनधन तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको अवस्थामा परिषद्ले रसुवामा पुगेर रु २५ लाख बराबरको खाद्यान्न, भाँडाकुँडा र लत्ताकपडा वितरण गरेको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए। परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकार, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाबीच सहकार्य र एकताबद्ध प्रयास आवश्यक रहेको जनाएको छ । 

0 Comments