२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ढकमक्क फूलले ढाकेको धनकुटा बजार

अ अ+ अ-

धनकुटा । धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।

फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पुर्‍याउने चटारोमा छन् । तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटीकाको मालासम्म फूलकै महत्त्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूलखेती गर्दै आएका छन् ।

छ थर जोरपाटी गाउँपालिका-६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि यतिबेला खेतबारी नै व्यस्तताको केन्द्र बनेको छ । उनले श्री पौडेल कृषि फार्ममा करिब १० रोपनी जमिनमा लगाएको सयपत्री फूल अहिले बिक्रीका लागि तयार भई बजार पठाउने काम भइरहेको छ । तीन महिनाअघि रोपेका बिरुवा अहिले फूलले भरिएका छन् । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उनलाई भ्याइनभ्याइ छ ।

स्थानीय बजारबाट धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौँसम्म उनले फूल पठाइरहेका छन् । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पुर्‍याउन कठिन भइरहेको पौडेलले बताए । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उनको लक्ष्य छ । अहिले फूल प्रतिकिलो रु ३०० देखि ४०० सम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

पौडेलले कतिपय ठाउँमा किलोग्राम र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको बताए । “तिहारलाई लक्षित गरेर फूलखेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा भने विभिन्न चुनौती छन् । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको पौडेलको अनुभव छ । यस्ता समस्याका बाबजुद पनि बजारमा फूलको माग बढेकाले किसान उत्साहित छन्”, उनले भने ।

धनकुटा नगरपालिका-७ का प्रवीण पोख्रेल पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने आशामा रहेका छन् । एक रोपनी जमिनमा लगाएको फूल खेतीबाट यस वर्ष करिब रु दुई लाख आम्दानी गर्ने उनको लक्ष्य छ । विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ ।

स्वदेशी किसानको उत्पादनले उचित बजार पाउन सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने उनको माग छ । पोख्रेलले गत भारतीय फूल नआउँदा किसानले उत्पादन गरेको फूल सहज रूपमा बिक्री भएको बताउँदै यो वर्ष पनि सोहीअनुसार काम भए सहज हुने धारणा राखे । उनले बिचौलियाहरू फूल किन्ने गरी आए पनि सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा रहेको बताए ।

गाउँको बारीदेखि सहरको बजारसम्म धनकुटाको फूल
धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैन । छिमेकी जिल्लासँगै तराईका विभिन्न सहर हुँदै काठमाडौँ र बुटवलसम्म पुग्ने गरेको छ । यसले फूलखेतीलाई किसानको आयआर्जनको माध्यम बनाउँदै लगेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूलखेती भइरहेको छ । यस वर्ष करिब छ मेट्रिकटन फूल उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका किसानले न्यूनतम रु ५० हजारदेखि रु ३५ लाखसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका केन्द्रका प्रमुख गोविन्दप्रसाद आचार्यले जानकारी दिए । फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आइएको उनको भनाइ छ ।

फूलखेतीप्रति किसानको आकर्षण बढ्दै जानु यस क्षेत्रका लागि सकारात्मक पक्ष भएको प्रमुख आचार्यले बताए । उनका अनुसार ज्ञान केन्द्रको तथ्याङ्कभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने अनुमान छ ।

कृत्रिम मालाको मोहले स्वदेशी किसानलाई चुनौती
पछिल्लो समय धनकुटामा फूलखेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा विभिन्न चुनौती सामना गर्नुपरेको छ । विशेषगरी भारतीय फूलको आयात र बजारमा पाइने कृत्रिम मालाको प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ ।

तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ । हेर्दा आकर्षक र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ । तर, यसको विकल्पका रूपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउन सके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने किसान पौडेलले बताए ।

प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने सरोकार भएकाहरूको भनाइ छ । वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आवश्यक रहेको किसान पोख्रेलले बताए ।

0 Comments