२१ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मान्छेमा राजनीतिक विचार हुन्छ, तर न्यायाधीश भएपछि त्यसलाई अदालतबाहिरै छाडेको छु’: प्रस्तावित न्यायाधीश पाण्डे

अ अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टीकरण दिएका छन् । 

शनिवार संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले यस्तो बताएका हुन् । उनले न्यायाधीशका रूपमा इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताए । उनले भूटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणसम्बन्धी मुद्दामा दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा भएको स्पष्ट पारे । 

 उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भएपनि फैसला आफूले नगरेको बताए। उनले राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भएपनि न्यायाधीशले राजनीतिक आग्रहबाट मुक्त भएर प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु । बालकृष्ण खाँडको मात्रै मुद्दा होइन । अरु मुद्दा पनि छ । हजुरलाई म अहिले जानकारी म हेटौँडामा बसेर बागमती प्रदेशको मुख्यमन्त्रीको मुद्दामा चाहिँ अन्तरिम आदेश जारी गरी पाउँ भनेर जानुभएको थियो । मैले यसो हेरे उहाँ शपथ लिसक्नुभएको छ । उहाँले चाहिँ विश्वासको मत चाहिँ लिईसक्नुभएको हुनाले यो हुँदैन भने । अब त्यतिबेला निवेदन गरेर आउने मान्छे पनि त अरु नै थिए । हामी न्यायाधीश भएपछि म त राजनीति गर्दिन र गर्नु पनि हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ । यस्ता अनगिन्ती राजनीति मान्छेहरूको मुद्दाहरू छन्, तर मलाई लाग्दैन मैले कहिल्यै पनि त्यसबाट प्रभावित हुन्छु । त्यो बेन्चमा बसेपछि राजनीति कता के भन्ने यी सबै आउट हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ, भन्ने कुराहरू मात्रै हुन्छ र बालकृष्ण खाँडको मुद्दामा तत्काल हामीले जे प्रमाण देख्यौ, त्यो आधारमा फेरी मैले त रायमात्रै दिएको हो, त्यसमा । मेरो राय र अर्को राय फरक भयो र तेस्रो न्यायाधीशले चाहिँ छोड्या हो । मैले त राय दिएको हो छोड्ने । त्यहाँ चाहिँ तत्काल प्राप्त प्रमाणहरूबाटै दिएको हो ।’

एमालेकी सांसद पद्या अर्यालले न्यायाधीश पाण्डेलाई एउटै मुद्दामा किन फरक-फरक राय आयो भनी प्रश्न उठाएकी थिइन् । 

0 Comments