काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग तथा कोशी बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । आज राति देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्ने जनाइएको छ ।





