काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको चिफ अफ स्टाफमा स्टेफन मिलरलाई नियुक्त गर्ने घोषणा गरेका छन् ।
ट्रम्पले शुक्रवार सामाजिक सञ्जालमार्फत आगामी नोभेम्बर ९ देखि मिलरले सुसी वाइल्सको स्थान लिने जानकारी दिए । ट्रम्पकाअनुसार वाइल्सलाई ह्वाइट हाउसको राजनीतिक सञ्चालनसम्बन्धी जिम्मेवारीमा पठाइनेछ ।
मिलर शुरुदेखि नै आफ्नो राजनीतिक अभियान र प्रशासनसँग जोडिएको उल्लेख गर्दै ट्रम्पले उनी राजनीतिक रूपमा निकै दक्ष र सक्षम व्यक्ति भएको बताए । मिलरले व्यवस्थापनको जिम्मेवारी पनि प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गर्दै ट्रम्पले नयाँ भूमिकामा उनले राम्रो काम गर्ने अपेक्षा राखे।
मिलर यसअघि ट्रम्प प्रशासनमा वरिष्ठ सल्लाहकारका रूपमा कार्यरत थिए । उनी ट्रम्पका निकट सहयोगीमध्ये एक मानिन्छन् ।





