२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेलम्बुको उत्पादन काठमाडौँ भित्रियो, पहिलो पटक ‘कृषि एम्बुलेन्स’ मार्फत ३०० किलो सयपत्री बजारमा

अ अ+ अ-

काठमाडौँ । तिहार पर्वलाई लक्षित गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट करिब तीन सय किलोग्राम सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपजहरू संघीय राजधानी काठमाडौँ भित्र्याइएको छ ।

गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवामार्फत किसानले उत्पादन गरेका फूल तथा फलफूल सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् ।

काठमाडौँ उपत्यकासँग भौगोलिक रूपमा नजिक रहे पनि उपयुक्त ढुवानी तथा बजारीकरणको अभावमा हेलम्बुका उत्पादनहरूले विगतमा सहज पहुँच पाउन सकेका थिएनन् । सोही समस्यालाई समाधान गर्न हेलम्बु गाउँपालिकाले हेलम्बुदेखि काठमाडौँसम्म नियमित ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ को प्रबन्ध मिलाएपछि स्थानीय कृषि उपजले औपचारिक रूपमै राजधानीको बजार पाउन थालेका हुन् ।

गाउँपालिकाका सिनियर कृषि प्राविधिक उद्धव कार्कीका अनुसार कृषि एम्बुलेन्सको व्यवस्थापछि पहिलो पटक ठुलो परिमाणमा हेलम्बुको सयपत्री, म्यारीगोल्ड तथा मखमली फूल काठमाडौँ ल्याइएको हो । फूलका अतिरिक्त स्थानीय स्तरमा उत्पादित एभोकाडो, भोगटे, बिमिरो, हलुवावेद र जुनार जस्ता मौसमी फलफूलहरू समेत विक्रीका लागि राजधानी ल्याइएको कार्कीले जानकारी दिए । विगतमा ढुवानीको असुविधा र विचौलियाको भर पर्नुपर्ने बाध्यताका कारण दुर्गम भेगका किसानहरू आफ्नो उत्पादन बारीमै कुहाउन वा न्युन मूल्यमा बेच्न विवश थिए । गाउँपालिकाको यस पहलले ढुवानी लागत घटाउनुका साथै किसानलाई उत्पादनको उचित मूल्य दिलाउन सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी तिहारको पूर्वसन्ध्यामा राजधानीमा पुष्प तथा फलफूलको उच्च माग हुने भएकाले यसले स्थानीय कृषकलाई प्रत्यक्ष आर्थिक लाभ दिनेछ ।

हेलम्बु गाउँपालिकाले पछिल्ला वर्षहरूमा क्षेत्रलाई केवल पर्यटकीय गन्तव्यका रूपमा मात्र सीमित नराखी जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्यूनीकरण, स्थानीय जीविकोपार्जन र समुदायको उत्थानशीलतासँग जोडेर एकीकृत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । स्थानीय सरकारको यस्तो रणनीतिक कदमपछि हेलम्बुका बासिन्दाहरू परम्परागत खेती प्रणाली त्यागेर व्यावसायिक पुष्प तथा फलफूल खेतीतर्फ आकर्षित भएका छन् ।

0 Comments