काठमाडौँ । पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले शतक बनाएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले ४५ बलमा शतक बनाएका हुन् । यसक्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे ।
जारी प्रतियोगितामा यो पहिलो शतक हो । तेस्रो संस्करणको एनपीएलको पहिलो शतक सामराकै नाममा रह्यो । पोखराले उनलाई केहीदिनमात्रै टिममा भित्र्याएको हो । उनले पोखराबाट योसँगै दुई खेल मात्रै खेलेका छन् ।
प्रतियोगितामा चार खेलमा चारै पराजय बेहोरेको पोखरालाई आज जित्नैपर्ने दबाब छ । उनलाई क्रिजमा कुशल भुर्तेलले साथ दिएका छन् ।





