२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल संवतलाई सरकारी कामकाज र पाठ्यक्रममा व्यापक बनाउन सांसद श्रेष्ठको आग्रह

अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठले नेपाल संवतको प्रयोगलाई सरकारी कामकाज, शैक्षिक पाठ्यक्रम र राष्ट्रिय दस्तावेजहरूमा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल संवत ११४७ को नयाँ वर्षका अवसरमा मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले नेपाल संवतलाई निश्चित जाति वा समुदायसँग मात्र जोडेर हेर्न नहुने बताए।

नेपाल संवत नेपाली भूमिमै प्रारम्भ भएको मौलिक संवत रहेको उल्लेख गर्दै श्रेष्ठले यसको संरक्षण र प्रवर्द्धन राष्ट्रिय पहिचानसँग जोडिएको विषय भएको धारणा राखे।

उनले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई आर्थिक तथा सामाजिक परिवर्तनको ऐतिहासिक उदाहरणका रूपमा व्याख्या गरे। सर्वसाधारणलाई ऋणमुक्त गराएको ऐतिहासिक मान्यताका आधारमा साख्वाःलाई परोपकार र सामाजिक न्यायको प्रतीकका रूपमा स्मरण गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल संवतको प्रारम्भलाई जनताको ऋणमुक्तिसँग जोडिएको ऐतिहासिक अवसरका रूपमा चर्चा गर्दै श्रेष्ठले त्यस दिनलाई मुक्ति दिवसका रूपमा समेत लिन सकिने बताए।

कुनै राजा वा शासकको नाममा नभई एक नागरिक तथा व्यापारीको पहलमा देशकै नामबाट संवत सञ्चालनमा आएको इतिहास नेपालीका लागि गौरवको विषय भएको उनले उल्लेख गरे।

सरकारी दस्तावेज र पाठ्यक्रममा प्रयोग बढाउन प्रस्ताव
सांसद श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिइनु र सरकारी कार्यालयका लेटरप्याडमा यसको प्रयोग सुरु हुनु सकारात्मक भए पनि यसको व्यावहारिक प्रयोग अझै सीमित रहेको बताए।

आम नागरिकलाई नेपाल संवतको इतिहास, तिथि प्रणाली र महत्त्वबारे पर्याप्त जानकारी गराउन नसकिएको भन्दै उनले सरकारी निकाय र शैक्षिक संस्थामार्फत यसको प्रचारप्रसारलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याए।

उनले नेपाल संवतको संस्थागत प्रवर्द्धनका लागि शङ्खधर साख्वाःको नाममा विश्वविद्यालय स्थापना गर्ने प्रस्तावसमेत अघि सारे।

त्यस्तै, नेपाली मुद्रामा नेपाल संवतको उल्लेख गर्ने, विद्यालयका पाठ्यपुस्तकमा यसको इतिहास र तिथि प्रणाली समावेश गर्ने तथा सरकारी कागजात र राष्ट्रिय दस्तावेजहरूमा संवतको प्रयोग बढाउने विषयमा राज्यले पहल गर्नुपर्ने उनको सुझाव छ।

विद्यालय तहदेखि नै नेपाल संवत र शङ्खधर साख्वाःको योगदानबारे अध्ययन गराउन सके नयाँ पुस्तामा नेपालको मौलिक इतिहास र सांस्कृतिक पहिचानप्रतिको चेतना बढ्ने उनको विश्वास छ।

‘नेपाल संवतलाई समुदाय विशेषमा सीमित गर्नु हुँदैन’
सांसद श्रेष्ठले पञ्चायतकालमा नेपाल संवत र शङ्खधर साख्वाःको योगदानलाई लोकतान्त्रिक आन्दोलनसँग जोडेर अघि सारिएको इतिहास स्मरण गरे।

त्यसक्रममा नेपाल संवतलाई नेवार समुदायसँग मात्र सम्बन्धित संवतका रूपमा बुझ्ने धारणा विकसित भएको उल्लेख गर्दै उनले यस्तो बुझाइ सच्याउनुपर्ने बताए।

नेपाल संवतको ऐतिहासिक विकासमा नेवार समुदायको महत्त्वपूर्ण भूमिका रहे पनि यसको राष्ट्रिय पहिचानलाई कुनै एक समुदायमा सीमित गर्न नहुने उनको भनाइ थियो।

नेपाल सरकारले नेपाल संवतलाई राष्ट्रिय संवत र शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिइसकेको अवस्थामा त्यसको प्रभावकारी कार्यान्वयन तथा व्यापक प्रयोगमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।

नेपाल संवतको संरक्षणलाई सांस्कृतिक उत्सवमा मात्र सीमित नराखी सार्वजनिक प्रशासन, शिक्षा र राष्ट्रिय अभिलेख प्रणालीसँग जोड्नुपर्ने उनको धारणा थियो।

नेपाल संवत ११४७ मंगलबारदेखि प्रारम्भ भएको छ। यस अवसरमा काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा नयाँ वर्षका कार्यक्रम आयोजना गरिएका छन्।

नेपाल संवतको ऐतिहासिक महत्त्व नयाँ पुस्तासम्म पुर्‍याउने जिम्मेवारी राज्य र नागरिक दुवैको भएको उल्लेख गर्दै सांसद श्रेष्ठले मौलिक संवतको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि साझा पहल आवश्यक रहेको बताए।

0 Comments