२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरमाथि सुदूरपश्चिमको रबाफिलो जित

अ अ+ अ-

काठमाडौं । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को लो स्कोरिङ खेलमा दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

६ खेलमा चौथो जित हात पारेको सुदूरपश्चिम ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ । शीर्ष स्थानको काठमान्डु गोर्खाज समान अंक जोडेपनि सुदूरपश्चिम रनरेटमा पछि छ ।

अर्कोतर्फ पहिलो संस्करणको च्याम्पियन जनकपुरको ६ खेलमा यो चौथो हार हो र ४ अंकसहित पाँचौ स्थानमा रहेको जनकपुरको प्लेअफ पुग्ने सम्भावनामा ठूलो धक्का लागेको छ ।

जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जिमी निसमले २० र आदित्य महताले १० रन जोडे । ११औं नम्बरमा ब्याटिङ गरेका बलर राहुल यादवले ११ रन बनाए ।

अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनिङ गरेका अनिल शाह २, हेरी टेक्टर १, रायन बर्ल ८, विशाल सुशलिङ २, कप्तान हरमीत सिंह ४, अभिषेक तावरी २ र ललित राजवंशी रनमा आउट भए ।

जिमी निसम र ललित राजवंशीले नवौँ विकेटका लागि गरेको २० रनको साझेदारी नै जनकपुरको इनिङ्समा सबैभन्दा ठूलो साझेदारी बन्यो ।

बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ तथा हमेन्त धामी, थरिन्दु रत्नायके, कप्तान दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले १-१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।

थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।

ओपनर जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

जनकपुरका लागि कप्तान हरमीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए ।

यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए । सुदूरपश्चिमले अब लिग चरणमा आफ्नो अन्तिम खेल काठमान्डु गोर्खाजसँग खेल्नेछ । जनकपुरले आप्नो अन्तिम खेल चितवन राइनोजसँग खेल्नेछ ।

0 Comments