२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलामा भैयादुजको रौनक, दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनी

अ अ+ अ-

महोत्तरी । मिथिला क्षेत्रमा आज दाजुभाइको दीर्घायु, सुख, समृद्धि र कल्याणको कामना गर्दै भैयादुज पर्व मनाइँदै छ ।

कात्तिक शुक्ल द्वितीयामा मनाइने यस पर्वसँगै यस वर्षको छदिने दीपावली समापन हुँदैछ । महोत्तरीसहित मिथिला क्षेत्रमा भैयादुजलाई भरद्वितीया वा भातृद्वितीया पनि भनिन्छ । मैथिल परम्पराअनुसार विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नो घरमा निम्त्याएर विशेष पूजा गर्छन् ।

पूजाका क्रममा दिदीबहिनीले चामलको पिठोबाट अरिपन बनाई त्यसभित्र दाजुभाइलाई बसाउँछन् । तातोपानीले गोडा धोएपछि पान, सुपारी र पिठारसहित सप्तरङ्गी टीका लगाइदिन्छन् ।

यस अवसरमा दाजुभाइलाई सुकेको केराउ चपाउन दिने ‘बजरी खुवाउने’ परम्परा छ । जलेश्वर नगरपालिका-५ की सामाजिक अगुवा अनिता शर्माका अनुसार यसले दाजुभाइको शरीर वज्रझैँ बलियो होस् भन्ने कामना व्यक्त गर्छ ।

मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका शिक्षक शोभाकान्त झाका अनुसार पर्वको परम्परा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको दीर्घायु र कल्याणका लागि टीका लगाइदिएको पौराणिक कथासँग जोडिएको छ ।

पूजापछि दाजुभाइले दिदीबहिनीलाई वस्त्र, आभूषण तथा दक्षिणा दिने र दिदीबहिनीले मिष्ठान्न भोजन गराउने चलन छ । मिथिलामा राखी र सामाचकेवा पर्वले पनि दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता उजागर गर्छन् । यी पर्वलाई पारिवारिक प्रेम, सद्भाव र समर्पणका प्रतीक मानिन्छ ।

यस पर्वले पारिवारिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी सम्मान, स्नेह र सांस्कृतिक एकताको सन्देश दिने मैथिल समुदायका अगुवाहरू बताउँछन् ।

0 Comments