२५ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यरातमा अस्पताल पुर्‍याइए इमरान खान, उपचारपछि पुनः जेल फर्काइयो

स्वास्थ्य अवस्थाबारे चासो बढिरहेका बेला विशेष चिकित्सकीय टोलीद्वारा परीक्षण, अस्पतालका अनुसार अवस्था स्थिर

अ अ+ अ-

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई स्वास्थ्य परीक्षण तथा आँखाको उपचारका लागि मध्यरातमा अस्पताल लगेर पुनः जेल फर्काइएको छ।

मंगलबार र बुधबारको मध्यरातमा कडा सुरक्षा व्यवस्थाबीच रावलपिन्डीस्थित अडियाला जेलबाट इस्लामावादको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पीआईएमएस) अस्पताल पुर्‍याइएका खानको विशेषज्ञ चिकित्सकहरूको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार गरेको हो।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार जेल प्रशासनले खानलाई बुधबार बिहान करिब १:४० बजे अस्पताल पठाएको थियो। स्वास्थ्य परीक्षण र आवश्यक उपचारपछि बिहान ३:२५ बजेतिर उनलाई पुनः अडियाला जेल फर्काइएको जनाइएको छ।

अस्पतालमा उनको रक्तचाप, शरीरको तापक्रम र आँखाको परीक्षणसहित अन्य आवश्यक स्वास्थ्य जाँच गरिएको थियो। अस्पताल प्रशासनका अनुसार आँखाको उपचारमा संलग्न चिकित्सकको सिफारिसमा उनलाई आँखाभित्र एन्टी-भीईजीए औषधिको सुईसमेत दिइएको छ।

पीआईएमएस प्रशासनले उपचारका क्रममा खानको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ। अस्पतालका अनुसार परीक्षणमा उनका प्रमुख स्वास्थ्य सूचक सामान्य अवस्थामा पाइएका थिए भने उपचारअघि, उपचारका क्रममा र त्यसपछिसमेत उनको अवस्था स्थिर थियो।

यसअघि नोभेम्बर ८ मा पनि जेलमै खानको स्वास्थ्य परीक्षण गरिएको थियो। पछिल्लो समय उनको रक्तचाप र आँखाको समस्यालाई लिएर परिवार, कानुन व्यवसायी तथा समर्थकहरूले स्वास्थ्य सेवाको उपलब्धताबारे चासो व्यक्त गर्दै आएका छन्।

१९ करोड बेलायती पाउन्डसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा खानका कानुन व्यवसायी सलमान सफदरले आफ्ना पक्षको रक्तचाप नियन्त्रणमा नरहेको विषय अदालतसमक्ष उठाएका थिए।

यसैबीच, इस्लामावाद उच्च अदालतले खान र उनकी पत्नी बुशरा बिबीसँग कानुन व्यवसायीहरूलाई भेटघाटको व्यवस्था मिलाउन जेल प्रशासनलाई निर्देशन दिएको छ।

अदालतले कानुन व्यवसायी सलमान सफदर र सरदार लतिफ खोसालाई खान दम्पतीसँग एक घण्टा भेटघाट गर्न दिन निर्देशन दिएको हो। मुद्दाको सुनुवाइ र कानुनी परामर्शका लागि भेटघाटको व्यवस्था मिलाउन अदालतले आदेश दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

सन् २०२३ अगस्टदेखि जेलमा रहेका खानको स्वास्थ्य अवस्था र उपचारको विषय पछिल्लो समय पाकिस्तानमा राजनीतिक तथा कानुनी चासोको विषय बन्दै आएको छ। खान र उनको दलले आफूमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्।

0 Comments