काठमाडौँ । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान डेभिड मिलरले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।
नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी गर्दैछन् ।
कर्णालीले तीन परिवर्तन गरेको छ । जिशान आलमको स्थानमा हुसेन तलत तथा सूर्य तामाङ र युवराज खत्रीको स्थानमा विपिन प्रसाद शर्मा र दीपेन्द्र रावत पहिलो रोजाइमा खेल्दैछन् ।
यस्तै लुम्बिनीले दुई परिवर्तन गरेको छ । ग्रान्ट स्टेवार्टको स्थानमा शमिम हुसेन र तिलक राज भण्डारीको स्थानमा आइकोनिक प्लेअर करण घर्ती मगर पहिलो रोजाइमा खेल्दैछन् ।





