२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज विश्व मधुमेह दिवस मनाइँदै

अ अ+ अ-

काठमाडौँ । आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । 

मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ ।

पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ । यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो । स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप-२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ ।

मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन् । उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्त्वपूर्ण मानिन्छ । मधुमेहबाट बच्न स्वास्थ्य जीवनशैली अपनाउन आवश्यक भएको मधुमेह रोग विशेषज्ञ डा विनय भट्टराईले बताए। 

टाइप १ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप २ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ ।

उनी भन्छन्, “मोटोपन भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ । ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ ।” 

0 Comments