२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिने

अ अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् ।

बडीकेदार क्षेत्र पर्यटन विकास समिति, डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला)बारे जानकारी दिन आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले डोटीको प्रसिद्ध धार्मिक स्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश सरकारको योजना रहेको बताए ।

मुख्यमन्त्री भट्टले बडी केदारको धार्मिक, ऐतिहासिक र प्राकृतिक महत्वलाई उजागर गर्दै आवश्यक पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धनमा प्रदेश सरकारले प्राथमिकता दिने उल्लेख गरे । धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेको बडी केदारमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नसके स्थानीय स्तरमा आयआर्जन र रोजगारीका अवसरसमेत सिर्जना हुने उनको भनाइ थियो ।

“सुदूरपश्चिममा धार्मिक पर्यटनलाई स्थानीय आयआर्जन, रोजगारी र आर्थिक समृद्धिसँग जोडेर  लाभ लिनुपर्ने आवश्यकता छ । त्यसका लागि स्थानीय जनता, जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा सरोकारवाला सबैको सहकार्य आवश्यक छ”, मुख्यमन्त्री भट्टले भने ।

आगामी मङ्सिर ५, ६ र ७ गते बडीकेदार मेला हुँदैछ । मेलाका अवसरमा नारी डाँडा, फुडसिल, बोगटानका क्षेत्र, घाँटुल, मान्नाकापडी, अलाडी तथा कैलालीको चुरे र मोहन्याल क्षेत्रका विभिन्न देवताका देउरो (भाँकी)सहित केदार गाथा गाउने धार्मिक परम्परा रहेको विकास समितिका अध्यक्ष उपेन्द्र बमले जानकारी दिए । यहाँ कार्तिक त्रियोदशीका दिन राति मेला लाग्ने र चतुर्दशीका दिन बिहान बडीकेदार शीलाको विशेष पूजा हुने गरेको उनले बताए । 

बडीकेदार धाम सुदूरपश्चिमका प्रमुख शक्तिपीठमध्ये पर्दछ । यहाँ कुनै मन्दिर र त्यसभित्र मूर्ति नभई प्राकृति चट्टान रहेकाले विशेष महत्वका साथ हेर्ने गरिएको पर्यटन विकास समितिका कार्यकारी अधिकृत गणेशराज जोशीले बताए ।

उक्त धाम पुग्न धनगढीबाट भीमदत्त राजमार्ग हुँदै सहजपुर-बिपीनगर-बडुखोली-अतरकाँडा भएर करिब ११६ किलोमिटर सडक यात्रा गर्नुपर्छ । अतरकाँडाबाट करिब दुई घण्टाको उकालो पैदल यात्रा गरेपछि धाम पुग्न सकिन्छ । पछिल्लो समय त्यहाँ पक्की सिँढी निर्माण गरिएकाले तीर्थयात्रीलाई आवतजावतमा सहज भएको आयोजकले जनाएको छ ।

0 Comments