२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हलेसी तुवाचुङमा तुवाचुङ कप फुटबल प्रतियोगिता हुने

अ अ+ अ-

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले आगामी मङ्सिर १४ गतेदेखि ‘प्रथम तुवाचुङ कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । जिल्लाको दोस्रो ठूलो (एघार वडा रहेको) यो नगरपालिकाले जिल्लाका स्थानीय तहले सञ्चालन गर्दै आएको फुटबल प्रतियोगितामध्ये सर्वाधिक राशिको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता गर्ने भएको हो । 

देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेगरी अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नगरप्रमुख विमला राईले जानकारी दिइएकी छन् । 

“अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताले स्थानीय तथा ग्रामीणस्तरमा रहेका प्रतिभावान् फुटबल खेलाडीको पहिचान गरी उनीहरूलाई व्यावसायिक रूपमा अगाडि बढ्ने हौसला मिल्ने विश्वास लिएका छौँ । यसले पालिकाहरूबीच समन्वय र भाइचारा कायम गर्दै खेलकुदको माध्यमबाट मित्रता, सद्भाव र आपसी सहयोगको भावनासमेत अभिवृद्धि गर्छ”, उनले भनिन्, “प्रतियोगितामा देशभरका जुनसुकै स्थानीय तहले सहभागिता जनाउन पाउनेछन् । नगरपालिकाको आफ्नै खेलमैदानमा आयोजना गर्न लागिएको फुटबल प्रतियोगिताले जिल्ला, प्रदेश र राष्ट्रियस्तरका खेलहरूमा प्रतिनिधित्व गर्न सक्ने दक्ष खेलाडी तयार पार्ने अपेक्षा गरेका छौँ ।” 

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टोलीलाई रु दुई लाख २२ हजार २२२ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । उपविजेता टोलीले रु एक लाख ११ हजार १११ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा  सेमिफाइनलिष्ट दुई टोलीले जनही रु ५५ हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । 

प्रतियोगिता अवधिभरका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही रु १०–१० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ । आगामी मङ्सिर १४ देखि १९ गतेसम्म आयोजना गर्न लागिएको अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका सबै खेल वडा नं ७ महादेवस्थानस्थित फुटबल खेलमैदान सञ्चालन हुने छ ।

त्रिधार्मिकस्थल हलेसीस्थित महादेवस्थानमा सञ्चालन हुने ‘प्रथम पालिका कप–२०८३’ अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका लागि यही कात्तिक १७ गते बसेको १५०औँ नगर कार्यपालिकाको बैठकले औपचारिक निर्णय गरेको थियो । नगर कार्यपालिकाले गरेको निर्णयको आधारमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार प्याकुरेलले सूचना जारी गरेर अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको बारेमा जानकारी दिए । 

अन्तरपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिताका खेलहरू अन्तर्राष्ट्रिय नियम (फिफाले निर्धारण गरेको नियम)अनुसार खेलाइने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । प्रत्येक नगर/गाउँपालिकाबाट एक टोलीमात्र सहभागी हुन पाउने, सहभागिताका लागि नगर/गाउँपालिकाको पत्र र खेलाडीको परिचय खुल्ने नागरिकता/जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्ने, तीन जना खेलाडी अन्तर नगर/गाउँपालिकाको राख्न पाइने र खेल नकआउट प्रणालीमा खेलाइने बताइएको छ ।

0 Comments