२९ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि प्रदर्शन, लियोनमा झडप हुँदा अश्रुग्यास प्रहार

अ अ+ अ-

काठमाडौँ । फ्रान्समा लगातार पाँचौँ सप्ताहान्त पनि सरकार तथा विभिन्न सामाजिक मुद्दाविरुद्ध प्रदर्शन भएको छ । शनिवार देशका विभिन्न शहरमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा फ्रान्सको तेस्रो ठूलो शहर लियोनमा भने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । 

लियोनमा बालबालिकाको अधिकार, जलवायु परिवर्तन नियन्त्रण तथा सामाजिक न्यायको माग गर्दै निकालिएको र्‍याली सुरुमा शान्तिपूर्ण देखिए पनि केही समयमै तनावपूर्ण बनेको थियो । बाजागाजासहित शुरु भएको र्‍यालीमा बालबालिका र परिवारका सदस्यहरूको समेत सहभागिता थियो । 

तर प्रदर्शन शुरु भएको केही मिनेटमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । रोन विभागको प्रशासनिक निकायकाअनुसार लियोनमा करिब आठ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । तर सोलिडेयर्स ट्रेड युनियनले भने प्रदर्शनमा कम्तीमा १५ हजार मानिस सहभागी भएको दाबी गरेको छ । बालबालिका तथा किशोरकिशोरीमाथि हुने हिंसा अन्त्य र उनीहरूको अधिकार संरक्षणका लागि अभियान चलाउँदै आएको ‘कलेक्टिफ एन्फान्टिस्ट ६९’ समूहले जलवायु परिवर्तनविरुद्धका अभियानकर्तासँग सहकार्य गरेर प्रदर्शन आयोजना गरेको थियो ।

 बालबालिका, युवा, जलवायु तथा सामाजिक न्यायका मुद्दालाई एउटै अभियानमा जोड्ने उद्देश्यसहित र्‍याली निकालिएको आयोजकले बताएका छन् । तर प्रदर्शनको अग्रभागमा रहेका केही व्यक्तिले प्रहरीमाथि पटाका तथा विस्फोटक सामग्री प्रहार गरेपछि प्रहरीले बल प्रयोग गरेको स्थानीय प्रशासनले जनाएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्दै भीडलाई तितरबितर पारेको थियो । त्यसक्रममा केही स्थानमा फोहोर राख्ने डब्बामा आगजनीसमेत भएको थियो । 

फ्रान्सको आन्तरिक मन्त्रालयकाअनुसार शनिवार देशभर भएका प्रदर्शनमा करिव एक लाख छ हजार मानिस सहभागी भएका थिए । राजधानी पेरिसमा मात्रै २४ हजार प्रदर्शनकारी सडकमा उत्रिएका थिए । अघिल्लो शनिबार देशभर एक लाख ४६ हजार मानिस प्रदर्शनमा सहभागी भएका थिए । यद्यपि युवा युनियनहरूको गठबन्धनले भने देशभर प्रदर्शनमा सहभागी हुनेको संख्या दुई लाख पुगेको दाबी गरेको छ ।

 प्रदर्शनलाई ध्यानमा राख्दै सरकारले देशभर करिब ७० हजार प्रहरी तथा सुरक्षाकर्मी परिचालन गरेको थियो । प्रदर्शन शुरु भएयता लियोन फ्रान्सका सबैभन्दा बढी प्रभावित सहरमध्ये एक रहँदै आएको छ । पछिल्ला पाँच सप्ताहन्तदेखि जारी प्रदर्शनका क्रममा यहाँ पटक–पटक तनाव र प्रहरीसँग झडपका घटना हुँदै आएका छन् । 

0 Comments