काठमाडौँ । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर फिल्डिङ गरिरहेको छ ।
पोखराको लागि आजको खेल नै यो सिजनको अन्तिम खेल हुनेछ। काठमान्डु भने प्लेअफमा पुगिसकेको छ। पोखरा भने समूह चरणको अन्तिममा छ।
आजको खेलमा काठमान्डुले चार परिवर्तन गरेको छ । आदिल आलम, साहिल पटेल, साम हिजलेट र दुशान हेमन्थाको स्थानमा क्रमशः सुमीत महर्जन, सोनु देवकोटा, स्मित पटेल र विल बोसिस्टो आएका छन् ।
पोखराले पनि तीन परिवर्तन गरेको छ । सागर ढकाल, अर्जुन घर्ती र किरण ठगुन्नाको स्थानमा बिपिन आचार्य, विवेक राना मगर र दिनेश खरेल आएका छन् ।





