जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गंगासागर पोखरीको छठ घाटमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।
छठ पर्व मनाउन जनकपुरधाम आएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठ घाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।
उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनीहरू ढाकी बोकी छठ घाट पुगेका थिए । उनीहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठ घाट पुगेका थिए ।
यसैबीच, आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चार दिनसम्म मनाइने यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ ।






