३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन-थाइल्याण्ड अन्तरिक्ष सहकार्य विस्तार हुँदै, वैज्ञानिक आदानप्रदानबाट व्यावहारिक परियोजनासम्म

अ अ+ अ-

काठमाडौँ । चीन र थाइल्यान्डबीच अन्तरिक्ष तथा अन्तरिक्ष विज्ञान प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुँदै गएको छ । रेडियो टेलिस्कोप निर्माण, भूउपग्रह प्रक्षेपण तथा संयुक्त शैक्षिक कार्यक्रममार्फत दुई देशले वैज्ञानिक आदानप्रदानलाई व्यावहारिक परियोजनामा रूपान्तरण गरिरहेका छन् । 

यस सहकार्यबाट दुवै देशसँगै दक्षिणपूर्वी एसियाली क्षेत्रले समेत लाभ लिन सक्ने अपेक्षा गरिएको छ । सन् २०२५ मे महिनामा थाइल्यान्डको पहिलो ‘भेरी लङ बेसलाइन इन्टरफेरोमेट्री(भीएलबीआई) ग्लोबल अब्जर्भिङ सिस्टम (भीजीओएस)’ रेडियो टेलिस्कोप सञ्चालनमा ल्याइएको थियो । थाइल्याण्डको चियाङ माईमा स्थापना गरिएको १३ मिटर क्षमताको उक्त टेलिस्कोप थाइल्यान्डको राष्ट्रिय खगोलीय अनुसन्धान संस्थान र चिनियाँ साझेदार संस्थाहरूको संयुक्त सहकार्यमा निर्माण गरिएको हो । 

यस टेलिस्कोपले पृथ्वीको भौगोलिक संरचना, भूभागको अवस्थिति तथा टेक्टोनिक प्लेटहरूको गतिबारे अध्ययन र अनुसन्धानलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ । विशेषगरी पृथ्वीको सतहमा हुने सूक्ष्म परिवर्तन तथा भूगर्भीय गतिविधिको अध्ययनमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 थाइल्याण्डको राष्ट्रिय खगोलीय अनुसन्धान संस्थानका तत्कालीन निर्देशक सारन पोस्याचिन्दाकाअनुसार चीनका विभिन्न अनुसन्धान संस्थासँग संस्थानको सहकार्य दशकौँदेखि निरन्तर रहँदै आएको छ । उनले पछिल्लो सहकार्यले दुई देशलाई अन्तरिक्ष अनुसन्धानमा समेत सँगै अघि बढ्ने अवसर प्रदान गरेको बताए । उनकाअनुसार थाइल्याण्डको नाखोन सी थम्मारात प्रान्तमा अर्को १३ मिटर क्षमताको भीजीओएस रेडियो टेलिस्कोप निर्माण भइरहेको छ । 

दोस्रो टेलिस्कोप सञ्चालनमा आएपछि थाइल्याण्डको अन्तरिक्ष तथा भूगर्भीय अनुसन्धान क्षमता थप विस्तार हुने अपेक्षा गरिएको छ । यसैगरी, सन् २०२६ अगस्ट २५ मा चीनको शान्सीबाट लङ मार्च–६सी प्रक्षेपण यानमार्फत सातवटा भूउपग्रह अन्तरिक्षमा पठाइएको थियो । तीमध्ये एउटा भूउपग्रह थाइल्यान्डका लागि विकास गरिएको थियो । चीनको ग्यालेक्सी स्पेस कम्पनीले निर्माण गरेको ‘जीआईएसटीडीए क्युबस्याट–१’ नामक उक्त भूउपग्रहले थाइल्यान्डको भू–सूचना तथा अन्तरिक्ष प्रविधि विकास निकायलाई आवश्यक तथ्यांक उपलब्ध गराउनेछ । यसबाट भू–सूचना संकलन, पृथ्वीको अवलोकन तथा अन्तरिक्ष प्रविधिको प्रयोगसम्बन्धी अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । थाइल्याण्डको भू–सूचना तथा अन्तरिक्ष प्रविधि विकास निकायका अन्तरिक्ष प्रविधिसम्बन्धी उपकार्यकारी निर्देशक फी चुस्रीले चीनसँगको सहकार्य सामान्य तथ्यांक आदानप्रदानबाट अघि बढेर प्रविधि विकास र अन्तरिक्षसम्बन्धी विभिन्न चरणमा संयुक्त सहभागितासम्म पुगेको बताए । 

उनकाअनुसार दुई देशबीचको साझेदारी अहिले उन्नत प्रविधि विकास, अन्तरिक्ष क्षेत्रका विभिन्न मूल्य श्रृङ्खला तथा त्यससँग सम्बन्धित व्यावहारिक प्रयोग र दक्ष जनशक्ति विकाससम्म विस्तार भएको छ । यसले थाइल्याण्डलाई अन्तरिक्ष प्रविधिमा आफ्नै क्षमता विकास गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ । अन्तरिक्ष सहकार्यको अर्को महत्त्वपूर्ण पक्ष दक्ष जनशक्ति उत्पादनलाई पनि बनाइएको छ । यसका लागि थाइल्याण्डको भू–सूचना तथा अन्तरिक्ष प्रविधि विकास निकाय, थाइल्याण्डको बुराफा विश्वविद्यालय र चीनको वुहान विश्वविद्यालयबीच सहकार्य गरी सिरिन्धोर्न भू–सूचना केन्द्र स्थापना गरिएको छ । 

केन्द्रले भू–सूचना प्रविधिमा दुई वर्षे संयुक्त स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमअन्तर्गत विद्यार्थीले पहिलो वर्ष थाइल्यान्डमा अध्ययन गर्छन् भने दोस्रो वर्ष चीनको वुहान विश्वविद्यालयमा अनुसन्धान तथा थप अध्ययन पूरा गर्छन् । यस कार्यक्रमले थाइल्यान्डसहित दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन(आसियान) आबद्ध अन्य देशका विद्यार्थीलाई समेत भू–उपग्रहबाट प्राप्त तस्बिरको विश्लेषण, भूउपग्रह नेभिगेसन तथा विशाल स्थानिक तथ्यांक व्यवस्थापनसम्बन्धी ज्ञान र सीप प्रदान गर्दै आएको छ । थाइल्याण्डको भू-सूचना तथा अन्तरिक्ष प्रविधि विकास निकायकी रणनीतिक साझेदारीसम्बन्धी उपकार्यकारी निर्देशक सिरिलुक प्रुकपितिकुलले दक्ष जनशक्ति निर्माणलाई थाइल्याण्डको भविष्यका लागि सबैभन्दा दिगो लगानीका रूपमा व्याख्या गरिन्। 

उनका अनुसार अन्तरिक्ष प्रविधिमा दीर्घकालीन सफलता हासिल गर्न उपकरण र पूर्वाधार निर्माणसँगै दक्ष मानव संसाधन विकास पनि उत्तिकै आवश्यक छ । चीन र थाइल्याण्डबीचको पछिल्लो सहकार्यले अन्तरिक्ष विज्ञान तथा प्रविधिको क्षेत्रमा क्षेत्रीय साझेदारीको नयाँ सम्भावना देखाएको छ । वैज्ञानिक अनुसन्धान, भूउपग्रह प्रविधि, तथ्यांक व्यवस्थापन र शैक्षिक आदानप्रदानलाई एकीकृत गर्दै अघि बढाइएको यस सहकार्यले दक्षिणपूर्वी एशियामा अन्तरिक्ष प्रविधिको विकास र प्रयोगलाई थप गति दिने अपेक्षा गरिएको छ ।

0 Comments