३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विकासका लागि साझा संवाद गरौँ’ : सभामुख अर्याल

अ अ+ अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन्।

छठ पर्वका लागि मधेस पुगेका उनले आज दिउँसो बर्दिबासमा स्थानीय बासिन्दासँगको भेटघाटलाई सम्बोधन गर्दै मधेसमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा परिणाममुखी कामको आवश्यकता रहेकामा जोड दिए ।

“हामीले मधेसको शिक्षा, स्वास्थ्य र कृषिमा विशेष जोड दिएर काम गर्नुपर्ने छ”, सभामुख अर्यालले भने, “विकासका यी मुद्दामा सबै पक्षबीच आपसी संवाद बढाएर परिणाम देखिने काम हुनुपर्छ ।”

कृषिसँग सम्बन्धित उद्योगधन्दा विकास गर्नसके रोजगारीका अवसर बढ्न सक्ने र यसले विदेश पलायनको क्रम रोक्न मद्दत पुग्ने उनले बताए ।

मधेसमा यसपालि छठ पर्व मनाउन आउँदा यहाँको सांस्कृतिक सद्भाव, आपसी हेलमेल र सहिष्णुताले मन प्रफुल्ल बनाएको सभामुख अर्यालको भनाइ छ । चाडबाडमा देखिएको यो सद्भाव विकासमा मुखरित गर्नसके हामीले चाहेको समृद्धि हात पर्ने उनले स्पष्ट गरे ।

“राजनीतिमा स्वस्थ प्रतिस्पर्धा हुनपर्छ, राजनीति सुशासन र विकासप्रति समर्पित हुन आवश्यक छ”, सभामुख अर्यालले भने, “यस विषयमा आमजनताले आफ्ना प्रतिनिधिलाई घचघच्याइ रहनुपर्छ ।” 

संसद्ले एक युगसम्म जनताले अपनत्व लिनसक्ने गरी कानुनको तर्जुमा र संविधान संशोधनका विषय पहिल्याउने र टुङ्ग्याउने काम गर्नपर्ने उनको धारणा छ । 

“कमसेकम अहिलेको हाम्रो पुस्ताको कामलाई हाम्रा नाति पुस्ताले बाजेहरूले ठिकै गर्न खोजेका रहेछन् भन्ने अनुभूति लिन सकुन्”, सभामुख अर्यालले  भने, “राम्रो परिणामका लागि फेरि पनि हामीबीच समुन्नत सहमति, सहकार्य र सहअस्तित्व हुनपर्छ ।” 

वीरगञ्जमा छठ पर्व सकेर हुलाकी सडक हुँदै बर्दिबास पुगेका अर्याल भेटघाट कार्यक्रमपछि काठमाडौँ प्रस्थान गरेका छन् ।

0 Comments