१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

अ अ+ अ-

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले प्रशोधन सुरु गरेको छ ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार भदौ र असोजमा केही दिन आंशिक रूपमा सञ्चालन भएको उद्योगमा कात्तिकदेखि दूधको आपूर्ति बढेको हो । हाल दैनिक ५० देखि ६० हजार लिटर दूध प्रशोधनका लागि आउने गरेको उनले बताए। विगतका वर्षमा दैनिक ८० देखि ९० हजार लिटरसम्म दूध आउने गरेको थियो ।

गत वर्ष दूध अभावका कारण उद्योग तीन महिना मात्र बन्द भएको थियो । यस वर्ष भारतीय सीमावर्ती क्षेत्रबाट आउने दूध रोकिएपछि अभाव भएको प्रबन्धक पराजुलीले बताए। सहकारी र डेरीले संकलन गरेको दूध सीधै बिक्री गर्न पाएपछि प्रशोधनका लागि उद्योगमा ल्याउन छाडेका कारण पनि आपूर्ति घटेको उनको भनाइ छ ।

किसानबाट संकलित दूध बिक्री नभएपछि सहकारी र डेरीले बचत दूध उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन् । उनीहरूले दूध प्रशोधन गरी धुलो दूध र नौनी उत्पादन गर्दै आएका छन् । दूध आउन छाडेपछि उद्योगले आफैँ दूध खरिद गरेर सञ्चालन गर्ने तयारी गरे पनि पर्याप्त दूध नपाउँदा त्यो सम्भव नभएको पराजुलीले बताए । 

उनका अनुसार अहिले चितवन, मकवानपुर, नवलपरासी, रुपन्देही र सर्लाहीलगायत जिल्लाबाट दूध आउन थालेको छ । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले उद्योगमा प्रशोधनका लागि ल्याएका नौनी, घ्यू र धुलो दूध अहिले लगिसकेका छन् । ती उत्पादन थन्किएर उद्योगका भण्डारणस्थल भरिएका थिए । अहिले भण्डारणस्थल खाली भएका छन् ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उक्त उद्योगले विसं २०७५ देखि डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ । उद्योगले प्रतिलिटर दूधबाट धुलो दूध बनाउँदा रु ११३ र प्रतिकिलो नौनी (बटर) प्रशोधन गर्दा रु ५५ शुल्क लिने गरेको छ ।

विसं २०६४ मा स्थापना भएको उद्योग विसं २०७२ को भूकम्पपछि बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने गरेको प्रबन्धक पराजुलीले बताए ।

0 Comments