१ मंसिर २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

अ अ+ अ-

घोराही (दाङ) । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । 

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म रु ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु ४१ लाख मात्रै संकलन भएको छ । 

नेपाल–भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा रु १३ लाखको लक्ष्य राखिएकोमा रु ११ लाख, भदौमा रु १४ लाख ८९ हजारको लक्ष्य रहेकामा रु आठ लाख ४० हजार र असोजमा रु १६ लाखको लक्ष्य रहेकोमा रु आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो ।

कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट रु १३ लाख राजस्व संकलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए । उनले भने, “सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।” 

कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक रु ६०० र मोटरसाइकलबाट रु २०० राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ । 

प्रमुख विष्टले भने, “यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।” दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।

पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।

नेपाल भारत सीमा क्षेत्रमा  आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको सङ्ख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ ।

0 Comments